back
CTIZAN AD

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

वि.सं.२०८२ कात्तिक ९ आइतवार

705 

shares

चितवन । चितवन जिल्ला कारागारबाट गत भदौ २५ गते ७४३ जना कैदीबन्दी एकैपटक भागेका थिए। तीमध्ये चार नाबालक पनि रहेका थिए। ठूलो संख्यामा कैदी भागेपछि सुरक्षाको कमजोरीबारे देशभर चासो बढेको थियो।

हालसम्म ५९१ जना कैदीबन्दी कारागारमा फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन्। तर १३९ जना अझै सम्पर्कमा आएका छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक र दुई बालबालिका पनि रहेको कारागार प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले बताएका छन्।

फरार भएका मध्ये धेरैजसो लागुऔषध कारोबार, जबरजस्ती करणी, र दुर्लभ एकसिङ्गे गैँडा चोरी–सिकारीका मुद्दामा जेलमा रहेका थिए। केही पहिले सम्पर्कमा आएका कैदीहरू पनि पछि सम्पर्कविहीन भएका छन्। यस विषयमा कारागारले सम्बन्धित प्रहरी कार्यालयहरूसँग निरन्तर समन्वय गरिरहेको छ।

कारागार प्रशासनले असोज २० गतेसम्म सम्पर्कमा आउन सूचना जारी गरेको थियो। तर तोकिएको समयसम्म नफर्किएकालाई कारागार ऐन २०७९ र अन्य कानुनअनुसार कारबाही गरिने जनाएको छ। साथै फरार कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनी जिम्मेवारी तोकिने चेतावनी दिइएको छ।

हालसम्म फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सबै प्रहरी एकाइमार्फत बाँकी कैदीहरूको खोजी कार्य जारी छ।

 

वि.सं.२०८२ कात्तिक ९ आइतवार १२:४० मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...