back
CTIZAN AD

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

वि.सं.२०८२ कात्तिक ९ आइतवार

510 

shares

 

काठमाडौँ । महाराजगन्जमा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणमा संलग्न भएको आरोपमा थप पाँच जनालाई पक्राउ गरिएको छ। उक्त घटनामा असई मिलन राय र प्रहरी जवान उत्तम थापाको ज्यान गएको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन्। उनीहरूलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखी अनुसन्धान भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, ती पाँच जनाले कुटपिटमा संलग्न रही महाराजगन्जमा कार्यरत दुई प्रहरीको हत्या गरेको देखिएको छ।

यसअघि सोही घटनामा संलग्न आरोपमा पक्राउ परेका युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होमप्रसाद पौडेल र टिकाराम बिकलाई अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।

अनुसन्धानले काभ्रेको रोशी गाउँपालिका घर भएका र हाल बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भई चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापामाथि कुटपिट गरेको देखाएको छ।

त्यसैगरी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी–१० का २८ वर्षीय टिकाराम विकले असई मिलन रायमाथि आक्रमण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, पछिल्ला पाँच जनामाथि पनि अनुसन्धान सकिएपछि पूरक प्रतिवेदन अदालतमा पेश गरिनेछ।

 

वि.सं.२०८२ कात्तिक ९ आइतवार १२:०९ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...