६ असार, काठमाडौं । नेकपा सचिवालयले नागरिकता सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । नेकपाका प्रबक्ता नारायण काजि श्रेष्ठले दिएको जानकारी अनुसार अहिले संसदमा बिचाराधिन नागरिकता बिधेयक सम्बन्धमा बिदेशि बुहरीलाई बिबाह गरेर आएको ७ वर्ष पछि मात्र नागरिकता पाउने पक्षमा उभिने निणर्य गरेको हो ।
‘नेपालको नागरिकसंग बिबाह गरेर आएकी बिदेशि महिलाले बिबाह गरेर आएको ७ वर्ष पछिमात्र सम्बन्धीत देशको नागरिकता त्याग गर्ने प्रकृया सुरु गरेको प्रमाण पेश गरे पछि नागरिकता प्रदान गर्ने ब्यबस्था गरिनु पर्दछ’ प्रबक्ता नारायण काजी श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार बिबाह गरेर आएको दिनदेखि नै सरकारले यहाँको सामाजिक, संस्कृतिक र आर्थिक लगायतका कुराहरुमा सहभागि हुन पाउने गरि आवासीय परिचय पत्र पाउनु पर्ने व्यवस्था गर्नु पर्ने निर्णय पनि गरेको छ ।
शनिबार बिहान ९ बजे बोलाइएको सचिवालय बैठकमा अरु धेरै विषयले प्रवेश पाएन । नेकपामा एमसीसी विषय चुलिएपनि त्यो विषयमा स्थायी समिति बैठकले छलफल गर्ने बताइएको छ ।
https://www.facebook.com/sansarnewsnepal/videos/980589079057946/?t=10
वि.सं.२०७७ असार ६ शनिवार १२:२२ मा प्रकाशित




























