back
CTIZAN AD

कोरोना नियन्त्रण खर्च सार्वजानिक

वि.सं.२०७७ असार ६ शनिवार

747 

shares

६ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म रु ८९ लाख ४३ हजार ४३० खर्च गरेको छ । नगर प्रमुख प्रभा बरालले कोरोना तीन महिनामा राहतसहित विभिन्न शीर्षकमा सो रकम खर्च भएको जानकारी दिइन् ।

उनका अनुसार राहतमा रु ६५ लाख ३१ हजार २५६, स्वास्थ्य सामग्री खरिदमा रु आठ लाख ९६ हजार ७६१, क्वारेन्टिनमा रु दुई लाख ८२ हजार ६१२ खर्च भएको छ । यस्तै क्वारेन्टिनमा रहेको व्यक्तिको खाना, खाजा खर्चमा रु सात लाख ४९ हजार २७०, सवारी चालकका लागि रु एक लाख २२ हजार ८३०, कोरोना बीमा रु एक लाख ३७ हजार ४२०, इन्धन खर्च रु ४१ हजार ४२, एम्बुलेन्स भाडा रु ३५ हजार २२० र अन्यमा एक लाख ४१ हजार नौ खर्च भएको छ । सो खर्चलाई कार्यपालिका बैठकले अनुमोदन समेत गरेको छ ।

नगरपालिकाका १२१ जनाले १८ देखि २१ दिन क्वारेन्टिनमा बसेको उनले जानकारी दिइन् । ती मध्ये १३ महिला, १०१ पुरुष, तीन बालबालिका, दुई गर्भवती र दुई वृद्धा रहेका छन् । १३ वटा वडामा ६४ हजार जनसङ्ख्या रहेको सो नगरपालिकाले छ हजार ५३२ जनालाई राहत वितरण गरेको जनाइएको छ । (रासस)

वि.सं.२०७७ असार ६ शनिवार १३:५६ मा प्रकाशित

सुधारिएको करेसाबारीले डोर्याउँदैछ आत्मनिर्भरको बाटो

सुधारिएको करेसाबारीले डोर्याउँदैछ आत्मनिर्भरको बाटो

कमलामाई (सिन्धुली) । केही वर्षअघिसम्म गाउँघरका अधिकांश भान्सामा आफ्नै करेसाबारीमा...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी,यसरी हेर्न सकिन्छ…

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी,यसरी हेर्न सकिन्छ…

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा...

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने...