back
CTIZAN AD

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

वि.सं.२०८३ वैशाख २८ सोमवार

390 

shares

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ ।

यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिनुभएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिए ।

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार १६७ मिटर उचाइमा रहेको छ । अन्नपूर्ण हिमालको आरोहणपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएकोले पर्वतारोहण पर्यटनमा गण्डकी प्रदेशको अग्रणी स्थान रही आएको छ ।

अघिल्लो याममा यो हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । समयसमयमा परिवर्तन हुने मौसमका कारण आरोहणका दृष्टिले धौलागिरि हिमाललाई कठिन हिमालका रुपमा लिइने नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष शेषकान्त शर्माले जानकारी दिए ।

“समयसमयमा हुने मौषमको परिवर्तनका साथै भौगालिक अवस्थिति धौलागिरि हिमाल आरोहणका लागि मुख्य चुनौती हो”, उनले भने, “यो हिमाल विशेष गरी जोखिमपूर्ण साहसिक हिमाल आरोहण रुचाउने आरोहीको रोजाइमा पर्ने गरेको छ ।”

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । उनी सहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिकोे चुचुरोमा पुगेका थिए ।

पहिलो आरोहण भएको दिनको सम्झनामा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीसहित विभिन्न सङ्घसंस्थाले प्रत्येक वर्षको मे १३ को दिनलाई धौलागिरि आरोहण दिवसका रुपमा मनाउँदै आएका छन् ।

यस वर्ष पनि मे १३ नजिकिँदै गर्दा यसको आरोहण दिवस मनाउनका लागि तयारी गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । धौलागिरि हिमाल आरोहणको ६६ औँ वर्ष पूरा हुँदै गरेका अवस्थामा यस वर्ष ६६ औँ धौलागिरि हिमाल आरोहण दिवस उक्त हिमाल जाने अन्तिम मुदी गाउँमा विशेष कार्यक्रमका साथ मनाउन लागिएको उनले बताए ।

“धौलागिरि हिमालको महिमा र गरिमालाई उचो बनाउनुका साथै यस हिमालसँग जोडिएका गाउँहरूको पर्यटन प्रवद्र्धन गर्ने गरी हामीले कार्यक्रम तय गरेका छौँ”, उनले भने, “दिवसका अवसरमा यस वर्ष धौलागिरि हिमालको काखमा रहेका मुना गाउँ, मुदी गाउँ आदिसँगै यस क्षेत्रको पर्वतीय पर्यटनसहित पदयात्रा प्रवद्र्धन गर्न लागिएको हो ।”

दिवसकै अवसरमा धवलागिरि हिमाल आरोहण गरेका आरोहीलाई सम्मान गर्ने योजना रहेको भउनले बताए । पछिल्ला समयमा पदमार्गहरू हराउँदै मासिँदै गएका अवस्थामा हिमाल आरोहणसँगै पदयात्रा पर्यटनका लागि धौलागिरि चक्रीय पदमार्गलाई महत्वपूर्ण विकल्पका रुपमा अघि बढाउन सकिने उनकोे भनाइ छ ।

चट्टानी पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि चक्रीय पदमार्गलाई साहसिक पदमार्र्गका रुपमा लिइन्छ । पछिल्ला समयमा २०६८ यता यस क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् ।

वि.सं.२०८३ वैशाख २८ सोमवार १३:१९ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...