७ असार, क्यानडा । कोरोना भाइरसको महामारीका कारण क्यानडामा रोकिएका सय भन्दा बढी नेपाली जुन २६ मा फर्किने भएका छन् ।
गैरआवासीय नेपाली संघ क्यानडा र नेपाली दूतावासको समन्यवमा यसै साता रोकिएका नेपाली चार्टड उडानमार्फत् स्वदेश फर्कन पाउने भएको एनआरएनए क्यानडाले जनाएको छ ।
‘कोभिड १९ को प्रभाव देश र समुहको आधारमा क्यानडा प्राथमिकतामा नरहेपनि एनआरएनए क्यानडा र नेपाली दुतावासको विषेश आग्रहमा यसै हप्ता जहाज उडाने सम्भावना देखिएकोले यहाँहरुको जानकारीका लागि यो सूचना प्रेषित गरिदैछ । यसका लागि नेपाल सरकारलाई विषेश धन्यवाद दिन चाहन्छौ ।’ एनआरएनए क्यानडाले एक सूचनामार्फत् भनेको छ ।
कोरोनाबाट प्रभावितका अन्य देश र समुहका आधारमा क्यानडामा रहेका नेपालीहरुको हकमा केहि महिना पछाडि धकेलिने अवस्था देखिएता पनि एनआरएन क्यानडा, कतार एयरवेज र दूतावासको अतिरिक्त पहल र विषेश समन्वयका कारण यहि साता चार्टर उडान भर्न सकिएको एनआरएनएले जनाएको छ ।
नेपाली दुतावास ओटवाका अनुसार नेपाल फर्कनेहरुले यी डकुमेन्ट तयार गर्नुपर्नेछ
१-हवाइ यात्राका लागि नेपाली राहदानी Passport अर्थात ट्राभल डकुमेन्ट अनिवार्य साथमा हुनु पर्ने ।
२- यात्रुले PCR/ RDT Test Negative or COVID-19 को संक्रमण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको सातदिन भित्रको प्रमाणपत्र साथै राख्नु पर्नेछ ।
३-यात्रुले नेपाल पुगिसेकेपछि नेपाल सरकारले तोकेअनुसारको क्वारेन्टाइनमा बस्नुपर्ने छ ।
४-उडान सम्बन्धि विस्तृत जानकारी हवाइ टिकटको दररेट तथा बुकिंग गर्न सम्पकै गर्नुपर्ने एजेन्सि र व्यक्तिको नाम चाडैं नै उपलब्ध गराइने छ ।
५ -यात्रु उपलब्धता अथा अन्य प्रतिकुल कारणबाट तालिका परिवर्तन हुन सक्नेछ ।
६- विमानस्थलमा तथा अन्य उडानका अवधिमा अनिवार्य माक्स लगाउनुपर्ने छ ।
७- क्यानडाको मनट्रीयलबाट मात्र उडान भर्ने भएकोले उडान समयभन्दा कम्तिमा ४ घण्टा अगाडि विमानस्थल आइसक्नुपर्ने छ । क्यानडाका अन्य प्रान्तबाट आउनेले भने विषेश ध्यान दिनु पर्ने छ ।
८-क्यानडाका कसरी कोभिड–१९ नेगेटिभ रहेको प्रमाणित कागजात पाउने विषयमा चाडै अर्को सूचना सार्वजनिक गरिने ।
वि.सं.२०७७ असार ७ आइतवार १२:५० मा प्रकाशित





























