back
CTIZAN AD

एनआरएनए एशिया प्रशान्त महिला संयोजकहरुको बैठक सम्पन्न, कल्याणकारी कोष स्थापना गर्ने निर्णय

वि.सं.२०७७ असार ७ आइतवार

852 

shares

७ असार, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया तथा प्रशान्त क्षेत्रका राष्ट्रिय समन्वय परिषद (एनसीसी) महिला संयोजकहरुको बैठक सम्पन्न भएको छ ।

जुन १७ मा जुम प्रबिधिबाट एनआरएनएको एशिया प्रशान्त क्षेत्रका महिलाहरुको पहिलो बैठक महिला संयोजक अमृता थापाको संजकत्वमा सम्पन्न भएको हो । बैठकमा एनआरएनए उपाध्यक्ष रबिना थापा, महिला संयोजक भूमा लिम्बुको बिशेष उपस्थिति रहेको थियो ।

त्यसैगरी राष्ट्रिय समन्वय परिषदहरुमा जापानकी महिला संयोजक संगिता अधिकारी सुबेदी, कोरियाकी महिला संयोजक सुभद्रा पालुङवा, मकाउकी महिला संयोजक सर्मिला राइ, चाइनाकी महिला संयोजक सबिता बर्तौला, थाइल्याण्डकी महिला संयोजक मेघा चन्दको समेत सहभागिता रहेको थियो ।

बैठकमा संघकी उपाध्यक्ष रविना थापाले संघका गतिबिधि, महिला बिभागको स्वरुप र संरचना अनि कामहरुबारे जानकारी गराएकी थिइन् भने महिला संयोजक भूमा लिम्बुले महिला र बालबालिकाहरुको अवस्था र उनीहरुको लागि आवश्यक कार्यक्रमबारे बताउनु भयो।बताएकी थिइन् ।

बैठकमा कोभिड १९ ले विश्व भरिमा नेपाली महिला र बाल-बालिकाहरुमा परेको असरबारे छालफल भएको थियो । बैठकले नेपालमा कोभिड १९ का कारण क्वारेण्टिन्मा रहेकाहरुको सुरक्षा , पर्शनल हाइजिन, दैनिक जीवनका गतिबिधि सहज बनाउन महिलाहरुको लागि छुट्टै क्वारेण्टिनको ब्यबस्था हुनुपर्ने निष्कर्ष सहित सोको माग राखेको छ ।

त्यसैगरी मेन्टल हेल्थ, घरेलु हिंशा लगायतका विषमा पनि छलफल र निर्णय भएका छन् । बैठकमा एनसीसी थाइल्याण्डकी महिला संयोजक मेघा चन्दले मेन्टल हेल्थ अवार्नेशको प्रोजेक्टको संयोजन र घरेलु हिंसा, यौन उत्पीडन संबन्धित प्रोजेक्ट एनसीसी जापानकी महिला संयोजक संगिता अधिकारी सुवेदीले संयोजन गर्ने निर्णय समेत गरिएको छ ।

महिलाहरुको आर्थिक पाटोलाई सहयोग गर्नको लागि संघको छुट्टै महिला कल्याणकारी कोषको स्थापना गर्ने प्रक्रिया अगाडी बढाउने निर्णय समेत उक्त बैठकले गरेको छ ।

वि.सं.२०७७ असार ७ आइतवार १३:०० मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...