
७ असार, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया तथा प्रशान्त क्षेत्रका राष्ट्रिय समन्वय परिषद (एनसीसी) महिला संयोजकहरुको बैठक सम्पन्न भएको छ ।
जुन १७ मा जुम प्रबिधिबाट एनआरएनएको एशिया प्रशान्त क्षेत्रका महिलाहरुको पहिलो बैठक महिला संयोजक अमृता थापाको संजकत्वमा सम्पन्न भएको हो । बैठकमा एनआरएनए उपाध्यक्ष रबिना थापा, महिला संयोजक भूमा लिम्बुको बिशेष उपस्थिति रहेको थियो ।
त्यसैगरी राष्ट्रिय समन्वय परिषदहरुमा जापानकी महिला संयोजक संगिता अधिकारी सुबेदी, कोरियाकी महिला संयोजक सुभद्रा पालुङवा, मकाउकी महिला संयोजक सर्मिला राइ, चाइनाकी महिला संयोजक सबिता बर्तौला, थाइल्याण्डकी महिला संयोजक मेघा चन्दको समेत सहभागिता रहेको थियो ।
बैठकमा संघकी उपाध्यक्ष रविना थापाले संघका गतिबिधि, महिला बिभागको स्वरुप र संरचना अनि कामहरुबारे जानकारी गराएकी थिइन् भने महिला संयोजक भूमा लिम्बुले महिला र बालबालिकाहरुको अवस्था र उनीहरुको लागि आवश्यक कार्यक्रमबारे बताउनु भयो।बताएकी थिइन् ।
बैठकमा कोभिड १९ ले विश्व भरिमा नेपाली महिला र बाल-बालिकाहरुमा परेको असरबारे छालफल भएको थियो । बैठकले नेपालमा कोभिड १९ का कारण क्वारेण्टिन्मा रहेकाहरुको सुरक्षा , पर्शनल हाइजिन, दैनिक जीवनका गतिबिधि सहज बनाउन महिलाहरुको लागि छुट्टै क्वारेण्टिनको ब्यबस्था हुनुपर्ने निष्कर्ष सहित सोको माग राखेको छ ।
त्यसैगरी मेन्टल हेल्थ, घरेलु हिंशा लगायतका विषमा पनि छलफल र निर्णय भएका छन् । बैठकमा एनसीसी थाइल्याण्डकी महिला संयोजक मेघा चन्दले मेन्टल हेल्थ अवार्नेशको प्रोजेक्टको संयोजन र घरेलु हिंसा, यौन उत्पीडन संबन्धित प्रोजेक्ट एनसीसी जापानकी महिला संयोजक संगिता अधिकारी सुवेदीले संयोजन गर्ने निर्णय समेत गरिएको छ ।
महिलाहरुको आर्थिक पाटोलाई सहयोग गर्नको लागि संघको छुट्टै महिला कल्याणकारी कोषको स्थापना गर्ने प्रक्रिया अगाडी बढाउने निर्णय समेत उक्त बैठकले गरेको छ ।