१५ असार, काठमाडौँ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण धेरै कम्पनी बन्द रहेको र धेरैको रोजगारी खोसिएको अवस्थामा एक कम्पनीले भने कर्मचारीको माग गरेको छ ।
नेपालगन्जमा रहेको एक कम्पनीले फ्याक्ट्री मेनेजर, मार्केटिङ मेनेजर, मार्केटिकङ सहायक, वरिष्ठ लेखापाल, लेखापाल लगायतका कर्मचारीको माग गरेको छ ।
राय प्रिन्ट प्याक प्रा.लि नामक उक्त कम्पनीले इच्छुक व्यक्तिले असार २५ सम्म आफ्नो व्यक्तिगत विवरण, अनुभव तथा शैक्षिक योग्यताको प्रमाणपत्र सहित ९८०४५४५४८३ मा सम्पर्क गर्न र कम्पनीको इमेल saurabsingh64@gmail.com मा पठाउन अनुरोध सहितको सूचना जारी गरेको छ ।

वि.सं.२०७७ असार १५ सोमवार १०:०८ मा प्रकाशित
























