१५ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ ।
वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट १६ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ६ सय २० नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ३ सय ८४ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड २ लाख ४३ हजार ८ सय ५९ पुगेको छ भने संक्रमणबाट ५ लाख ४ हजार ४ सय १० जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार १५ सोमवार ०९:५६ मा प्रकाशित






























