back
CTIZAN AD

युवालाई सहुलियतपूर्ण कर्जा वितरण सरलकृत बनाइने प्रतिबद्धता

वि.सं.२०७७ असार १५ सोमवार

600 

shares

१५ असार, काठमाडौँ । युवालाई स्वरोजगार बनाउनका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा प्रवाहलाई सरलकृत बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको ‘युवा उद्यमशीलता विकासका लागि सहुलियतपूर्ण कर्जा प्रभावकारी कायान्वयन’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहुलियतपूर्ण कर्जा स्वरोजगार हुन चाहने युवाले कानूनी प्रक्रियाका कारण न्यून सङ्ख्याले मात्र पाएको भन्दै सरलकृत बनाइने सरोकारवालाले बताएका छन् ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सहुलियत पूर्ण कर्जा प्रवाहमा समस्या देखिएकाले बैंकले सरल तरिकाले युवालाई कर्जा प्रवाह गर्नुपर्ने बताए । उनले कर्जा प्रवाहको प्रभावकारी कार्यान्वयन नहुँदा युवा उद्यमशीलता बन्न नसकेको भन्दै कानूनमा समस्या देखिए त्यसलाई सुधार गर्दैै लैजानुपर्ने बताए ।

सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले २०७५ कात्तिक २० गतेदेखि कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएको छ । “कार्यविधिअनुसार प्रक्रिया पु¥याएर उद्यम गर्न चाहने युवालाई कर्जा प्रवाह गर्नुपर्दछ”, उनले भने, “कर्जा प्रवाहमा गर्न केही कानूनी समस्या छन् भने त्यसलाई संशोधन गर्नुपर्दछ ।”

उनले परिषद्ले सहुलियपूर्ण कर्जा लिन चाहने युवालाई सहजीकरण गर्दै आइरहेको भन्दै अब त्यस्ता युवालाई लक्षित गरी गुनासो सुन्ने कक्षसमेत स्थापना गरिने बताए । परिषद्का उपाध्यक्ष ढुङ्गेलले कर्जा प्रवाह गर्नका लागि मध्यस्तता गर्न वा अन्य नीतिगत कानूनी वा व्यावहारिक समस्याको समाधान गरी थप समन्वय र सहजीकरण गर्न परिषद् तयार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली युवा र राज्यले अपेक्षा गरेबमोजिमको कर्जा प्रवाह गर्न नसकिएको भन्दै आगामी दिनमा कर्जा प्रवाहको प्रक्रियालाई थप सरलीकरण बनाउने बताए ।

उनले कर्जा प्रवाहमा, नीतिगत कानूनी जनशक्ति र मानवीय स्वभावसमेत जिम्मेवार रहेको उल्लेख गरे । उनले आफ्नो बैंकको कूल कर्जाको न्यूनतम एक प्रतिशत कर्जा प्रवाह गर्ने नीति लिइएको भन्दै आफ्ना देशभरका सबै शाखालाई कर्जा दिन अनिवार्य गर्न थप उत्प्रेरित गरिने धारणा राखे ।

कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सेवाग्राहीको गुनासो सुनुवाइ र समाधान गर्ने प्रक्रियालाई प्राथमिकतामा राख्ने र सहजीकरण गरिने बताए । उनले कुनै कर्जा प्रवाह हुन नसकेको अवस्थामा आफ्ना बैंकका शाखालाई लिखितरुपमा नै जानकारी दिन लगाउने जानकारी गराए ।

उनले आफ्नो बैंकले कृषिलाई प्राथमिकतामा राखेको हुनाले युवालाई कृषि व्यवसायतिर आकर्षित गराउने बताए । परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले कर्जा प्रवाहमा समस्या देखिएको बताए । उनका अनुसार अहिलेसम्म उक्त कार्यविधिअनुसार २८ हजार ६८७ जनाले कर्जा लिएका छन् । उनीहरुलाई बैंकले रु छ अर्ब एक करोड २९ लाख ७१ हजार कर्जा प्रवाह गरिसकेका छन् ।

कूल कर्जामध्ये रु ९४ करोड अनुदान रकम (ब्याज र बीमा)मा रहेको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । रिटर्नि माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले कार्यविधिअनुसार कर्जा नपाइएको बताए । उनले झण्झटिलो प्रक्रियाका कारण विदेशबाट फर्किएका युवाले अझै कर्जा नपाएको बताए ।

उक्त कार्यविधिअनुसार व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक शिक्षा कर्जा, भूकम्पपीडित निजी आवास निर्माण कर्जा, कपडा उद्योग स्थापनाका लागि कर्जा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट मान्यता प्राप्त तालिमका लागि कर्जा गरी नौ प्रकारका कर्जा वितरण गर्दै आइरहेको छ । (रासस)

वि.सं.२०७७ असार १५ सोमवार २०:२३ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...