back
CTIZAN AD

आगामी दिनमा सञ्चालन हुने कृषि कार्यक्रम सार्वजनिक

वि.सं.२०७३ पुस १२ मंगलवार

897 

shares

१२ पुस, भद्रपुर  । जिल्ला कृषि विकास कार्यालय झापाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७३/७४ को कार्यक्रम सार्वजनिकीरण तथा परियोजना कार्यान्वयन अभिमुखीकरण कार्यक्रम आज सम्पन्न ग¥यो ।

झापाको दक्षिणी तथा पूर्वी क्षेत्रका पाठामारी, बालुवाडी, केचना, पृथ्वीनगर, बनियानी र घेराबारी गाविसमा यस वर्षदेखि धानमा ‘सुपरजोन’ क्षेत्र कार्यक्रम सुरु गरिएपछि आगामी दिनमा सञ्चालन हुने कार्यक्रम सार्वजनिक गरिएको हो ।

यसका लागि सरकारले यसवर्ष झापामा सुपरजोनका लागि रु चार करोड ४७ लाख ९९ हजार, ब्लकका लागि रु दुई करोड सात लाख ९३ हजार र पकेट क्षेत्रका लागि रु चार करोड ७९ लाख ३५ हजार बजेट विनियोजन गरेको छ ।

सो अवसरमा वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी र वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले कार्यक्रम सार्वजनिक गर्दै झापामा सञ्चालन हुने कृषि कार्यक्रममा कृषकको मेहनत र लगनशीलता आवश्यक रहेको चर्चा गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले कृषि उत्पादन, भण्डारण, प्रशोधन, वितरण र बजारीकरणको उचित प्रबन्ध मिलाउन सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो । रासस

वि.सं.२०७३ पुस १२ मंगलवार १४:०१ मा प्रकाशित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...