काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढिरहेका बेला बढेको कुटनीतिक नियोगका गतिविधिप्रति मन्त्रि योगेश भट्टराईले विरोध जनाएका छन् । सत्तारुढ नेकपाका नेतासमेत रहेका उनले विदेशीका कुरा सुन्न सकिने तर मान्न नहुने बताएका हुन् ।
उनले नेपालको राजनीतिक परिवर्तनमा विदेशी भूमिका सकारात्मक नरहेको पनि टिप्पणी गरेका छन् । भट्टराईले विदेशी भूमिका आन्तरिक अन्तरविरोध बढाएर राष्ट्रकै अस्मिता ध्वस्त पार्न मात्रै उद्धत रहेको स्पष्ट पारेका छन् ।
संविधान नै निर्माण हुन नदिने, विभिन्न जातजातिभित्र अन्तरविरोध चर्काएर आन्दोलन गराउने, नेपालमाथि नाकाबन्दी लगाउने र पार्टी पार्टीबिच अन्तरविरोध बढाएर राष्ट्रिए एकता नै खलल बनाउने खालका भूमिका विदेशीले खेलेको उनको टिप्पणी छ ।
विदेशी गतिविधि बढिरहेका बेला चार घटनालाई स्मरण गर्दै उनले विदेशी हस्तक्षेपलाई बढाउने गतिविधि नगर्न पनि सबैसँग आग्रह गरेका छन् । उनले संविधान निर्माणको बेला विदेशी भूमिका असाध्यै नकारात्मक रहेको पनि टिप्पणी गरेका छन् ।
संविधान नै निर्माण हुन नदिने, विभिन्न जातजातिभित्र अन्तरविरोध चर्काएर आन्दोलन गराउने, नेपालमाथि नाकाबन्दी लगाउने र पार्टी पार्टीबिच अन्तरविरोध बढाएर राष्ट्रिए एकता नै खलल बनाउने खालका भूमिका विदेशीले खेलेको उनको टिप्पणी छ ।
पछिल्लो समय सत्तारुढ नेकपाभित्र अन्तरविरोध चर्किदैं गएको बेला छिमेकी भारत र चीन निकै सक्रिय देखिएको छ । साथै अमेरिका र युरोपियन युनियनका कुटनीतिक नियोगहरु पनि सक्रिय बनेका छन् ।
पछिल्लो समय सत्तारुढ नेकपाभित्र अन्तरविरोध चर्किदैं गएको बेला छिमेकी भारत र चीन निकै सक्रिय देखिएको छ । साथै अमेरिका र युरोपियन युनियनका कुटनीतिक नियोगहरु पनि सक्रिय बनेका छन् ।
सत्तारुढ नेकपाभित्रको विवाद समाधान नभईरहेको बेला चिनियाँ राजदुत हाउ यान्छीले निकै सक्रियता बढाएकी छिन् । उनले सत्तारुढ नेकपाका शीर्ष नेताहरुलाई भेट्दै सुझाव पनि दिएको विषय बाहिर आएको छ ।
यस्ताे छ मन्त्रि योगेश भट्टराईकाे स्टाटस
https://www.facebook.com/yogeshbhattarai.ncp/posts/3375431659135720
वि.सं.२०७७ असार २४ बुधवार १३:२१ मा प्रकाशित