back
CTIZAN AD

पार्टीले कार्वाही गर्दा आलोचना गर्नु अनावश्यक –डा भट्टराई

वि.सं.२०७७ असार २५ बिहीवार

885 

shares

२५ असार, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका  बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको ह्पि विपरित जाने सांसदलाई कार्वाही गर्दा आलोचना गर्नु अनावश्यक भएको बताएका छन् ।

संघीय प्रतिनिधिसभा सांसद समेत रहेकी आफ्नो पार्टीकी नेतृ सरिता गिरीलाई पार्टीले कार्वाही गरेको सन्दर्भमा सामाजिक सञ्जालहरुमा आएको टिकाटिप्पणीका सन्दर्भमा स्पष्ट पार्नेक्रममा उनले यो धारणा राखेका हुन् ।

विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु वेठीक भएपनि भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य हुने हुँदा झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वत: दण्डको भागी हुने बताएका छन् ।

उनले देशको भौगोलिक अखण्डताको रक्षा गर्न पार्टीको ह्पि विपरित जाने सांसदलाई कार्वाही गरेको कुरालाई क्षेत्र र लिंगको कुरा गर्नु सान्दर्भिक नहुने बताएका हुन् ।

उनले भनेका छन् :

सांसदमा स्वतन्त्र धारणा राख्न पाउनु प्रत्येक नेपालीको अधिकार भएको भन्दै गिरीलाई कार्वाही गर्नु अभिव्यक्ति स्वतन्त्रताको विपरित भएको भन्दै पार्टीको आलोचना भएका छन् ।

उनलाई नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएर पार्टीको ह्विप उल्लंघन गरेका कारण कार्वाही स्वरुप समाजवादी पार्टीले सो निर्णय लिएको हो । उनले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन् । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

वि.सं.२०७७ असार २५ बिहीवार ०८:५९ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...