
२५ असार, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको ह्पि विपरित जाने सांसदलाई कार्वाही गर्दा आलोचना गर्नु अनावश्यक भएको बताएका छन् ।
संघीय प्रतिनिधिसभा सांसद समेत रहेकी आफ्नो पार्टीकी नेतृ सरिता गिरीलाई पार्टीले कार्वाही गरेको सन्दर्भमा सामाजिक सञ्जालहरुमा आएको टिकाटिप्पणीका सन्दर्भमा स्पष्ट पार्नेक्रममा उनले यो धारणा राखेका हुन् ।
विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु वेठीक भएपनि भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य हुने हुँदा झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वत: दण्डको भागी हुने बताएका छन् ।
उनले देशको भौगोलिक अखण्डताको रक्षा गर्न पार्टीको ह्पि विपरित जाने सांसदलाई कार्वाही गरेको कुरालाई क्षेत्र र लिंगको कुरा गर्नु सान्दर्भिक नहुने बताएका हुन् ।
उनले भनेका छन् :
विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु वेठीक हो।तर राष्ट्रिय-राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक/पार्टीको कर्तव्य हुन्छ।झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वत:दण्डको भागी हुन्छ।यहाँ क्षेत्र/लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न।
— Baburam Bhattarai (@brb1954) July 8, 2020
सांसदमा स्वतन्त्र धारणा राख्न पाउनु प्रत्येक नेपालीको अधिकार भएको भन्दै गिरीलाई कार्वाही गर्नु अभिव्यक्ति स्वतन्त्रताको विपरित भएको भन्दै पार्टीको आलोचना भएका छन् ।
उनलाई नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएर पार्टीको ह्विप उल्लंघन गरेका कारण कार्वाही स्वरुप समाजवादी पार्टीले सो निर्णय लिएको हो । उनले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन् । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।