back
CTIZAN AD

भर्ने होइन त आइपीओ ? अजोड इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्रि खुल्ला

वि.सं.२०७७ असार २५ बिहीवार

996 

shares

काठमाडौं । अजोड इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आजदेखि बिक्रि खुल्ला भएको छ । कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार देखि बिक्रि खुला गरेको हो।

त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहने २६ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको आईपीओ असार २५ गतेदेखि २९ गतेसम्म बिक्री खुला हुनेछ। त्यस अवधिमा माग अनुसार आवेदन नपरे साउन ८ गतेसम्म आवेदन दिने मिति लम्बिन सक्नेछ।

कम्पनीको आईपीओमा प्रति शेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, शेयर प्रत्यभुतकर्तामा ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटल छन्।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ। त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।

योसंगै नयाँ इन्स्योरेन्स कम्पनीहरूमा आईपीओ जारी गर्ने अजोड इन्स्योरेन्स पहिलो बनेको छ। यस्तै, जनरल इन्स्योरेन्स कम्पनी, रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्स आईपीओ जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगिसकेका छन्।

वि.सं.२०७७ असार २५ बिहीवार ०९:१९ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...