२६ असार, काठमाडौँ । संचार तथा सूचना प्रविधि मन्त्रालयले स्वतस्फूर्तरुपमा भारतीय च्यानल बन्द गरेकोमा डिजिटल केवल प्रदायक कम्पनीलाई धन्यवाद दिएको छ ।
मन्त्रालयले नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रशारण गर्ने कतिपय भारतीय संचारमाध्यमहरुको प्रशारणबाट राष्ट्रिय संवेदनानमा आँच आउने कुरालाई ध्यानमा राखेर नेपालका डिजिटल केवल सेवा प्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रशारण रोकेकोमा मन्त्रालयले धन्याद व्यक्त गरेको हो ।
‘आम संचारमाध्यमले समाचार प्रकाशन/प्रशारण गर्दा सत्य, तथ्य र वस्तुपरक भई पेशागत आचारसंहिताको परिपालना स्वयं प्रतिवद्ध हुनुपर्छ भन्ने मन्त्रालयको मान्यता छ,’ मन्त्रालयद्धार शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ,‘ कुनैपनि सन्चारमाध्यमले देशको राष्ट्रियता एवं स्वाभिमानमा आँच पुर्याउने सामग्री उत्पादन, प्रकाशन र प्रशारण गर्न हुँदैन भन्ने व्यवस्था प्रचलित कानुन तथा आचार संहिता स्पष्ट नै रहेको छ ।’
केही दिन अघि नेपालका लागि चिनियाँ राजदूत र प्रधानमन्त्री केपी ओलीलाई जोडेर आपत्तिजनक समाचार दिएका भारतीय संचारमाध्यमहरुका नेपालमा प्रशारित च्यानलहरु बन्द गर्नुपर्ने सर्वत्र आवाज उठिरहेका बेला डिजिटल केवल सेवा प्रदायक कम्पनीहरुले स्वतस्फूर्तरुपमा भारतीय च्यानल प्रशारण बन्द गरेका थिए ।

वि.सं.२०७७ असार २६ शुक्रवार २०:५२ मा प्रकाशित






























