२६ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । स्वचालित मूल्य प्रणाली अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक रुपैयाँ प्रतिलिटरका दरले वृद्धि गरेको हो ।
यस अघि सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेकोको थियो । लकडाउन पछि निगमले १० दिनको अबधिमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए । डिजेल र मट्टितेलको मूल्य भने समान प्रतिलिटर ८८ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्यमा भने बृद्धि गरिएको छैन ।
वि.सं.२०७७ असार २६ शुक्रवार २१:११ मा प्रकाशित






























