back
CTIZAN AD

१९ कम्पनी साधारण शेयर बिक्री गर्ने तयारीमा

वि.सं.२०७७ असार २७ शनिवार

747 

shares

२७ असार, काठमाडौँ । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार कूल रु पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ । सोअनुसार पाँच करोड ८४ लाख नौ हजार ८७१ कित्ता शेयर बिक्री गर्न लागिएको हो । त्यसमा १० जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन् । यस्तै चार बीमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक/एक कम्पनी रहेका छन् ।

चार बीमा कम्पनीको साधारण शेयर आउँदै

बोर्डका अनुसार जनरल इन्सयोरेन्स कम्पनी नेपालले रु ३० करोड बराबरको तीस लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार ५ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सानिमा जनरल इन्स्योरेन्सले पनि रु ३० करोड बराबरको तीस लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै यही असार १४ गते आवेदन दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ । त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रु ६० करोड बराबरको ६० लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार २२ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रु ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै बोर्डमा आवेदन दिएका छ । सो कम्पनीको शेयर सानिमा क्यापिटलले बिक्री गर्नेछ ।

बोर्डका अनुसार हिमालयन हाइड्रोपावर लिमिटेडले रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता र विन्दाबासिनी हाइड्रोपावर कम्पनीले पनि रु २५ करोड बराबरको २५ लाख कित्ता शेयर बिक्रीका लागि आवेदन दिएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजनाले रु आठ करोड ९६ लाख ९५ हजार २२० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन माग गरेको छ ।

शुभम् पावर लिमिटेडले रु पाँच करोड ८० लाख ५८ हजार बराबरको पाँच लाख ८० हजार ५८० साधारण शेयर बिक्रीको अनुमति मागेको छ । सिइडिबी हाइड्रोपावर कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता, तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले रु एक खर्ब ५० करोड बराबरको एक करोड ५० लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति माग्दै बोर्ड पुगेको छ ।

त्यसैगरी मैलुङ खोला जलविद्युत् कम्पनीले रु सात करोड ३६ लाख २८ हजार ६०० बराबरको सात लाख ३६ हजार २८३ कित्ता, माउन्टेन इनर्जी नेपालले रु ३९ करोड ३६ लाख पाँच हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले रु ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता र सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले रु ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ ।

यस्तै सिबिआइएल क्यापिटल लिमिटेडले रु तीन करोड बराबरको तीन लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले रु ८६ लाख बराबरको ८६ हजार कित्ता साधारण शेयर बिक्रीको तयारी गर्दै बोर्डबाट अनुमति मागेको छ । अन्यतर्फका दुई कम्पनीमा चन्द्रागिरि हिल्स लिमिटेड र इमर्जिङ नेपाल लिमिटेड छन् ।

चन्द्रागिरि हिल्सले रु १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता र इमर्जिङ नेपालले रु पाँच करोड बराबरको पाँच लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ ।

बोर्डले चालू आवमा कुल नौ कम्पनीका रु तीन अर्ब ९९ करोड ४८ लाख चार हजार बराबरको तीन करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको थियो । त्यसमा शिवश्री हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड रहेका छन् । यस्तै केही दिनअघि मात्रै एनआइसी एशिया लुघवित्त वित्तीय संस्थाले साधारण शेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत भई कारोबार शुरु गरेको छ ।

सो कम्पनीले रु ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको थियो । यस्तै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले रु सात करोड सात लाख ८० हजार बराबरको सात लाख सात हजार ८०० कित्ता साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीको साधारण शेयर बाँडफाँड हुन बाँकी छ ।

यस्तै अजोड इन्स्योरेन्स लिमिटेडको साधारण शेयर हाल बिक्री भइरहेको छ । सो कम्पनीको रु ३० करोड बराबरको ३० लाख कित्ता शेयर बिक्री भइरहेको छ । उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बोर्डले माउन्टेन इनर्जी नेपाललाई आयोजना प्रभावित र सर्वसाधारणलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित र सर्वसाधारणका लागि समान १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । (रासस)

वि.सं.२०७७ असार २७ शनिवार १८:३८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...