२७ असार, काठमाण्डौं । नेपालमा शुक्रबार (२७ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ७८ हजार ५९९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३,६४८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,२३९ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २४ हजार ९७ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
आज थपिएका ७० जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १६,७१९ पुगेको छ भने आज निको भएर ४३१ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ८,४४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज पृष्टि भएका ३ जनासँगै नेपालमा हालसम्म ३८ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमण हुनेको संख्या घट्दै, आज ७० जनामात्रै संक्रमित भेटिए
नेपालमा आज ७० जनामात्रै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ७० जना मात्र संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दिनप्रतिदिन घटिरहेको देखिन्छ ।
नेपालमा कोरोना संक्रमण हुनेको संख्या घट्दै, आज ७० जनामात्रै संक्रमित भेटिए
आज सिन्धुपाल्चोकमा ५, दाङमा ५, तनहुँमा ४, कन्चनपुर ४, सुनसरीमा ४, उदयपुरमा ४, काठमाण्डौंमा ३, सर्लाहीमा ३, बाग्लुङमा ३, मोरङमा ३, स्याङजामा ३, सुर्खेत ३, झापा, म्याग्दी, धादिङ, बाँके, जुम्ला र बर्दियामा, २\२ जना, सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, धादिङ, पर्वत, स्याङजा, पाल्पा, रुकुम, पश्चिम, सल्यान र अछाममा १\१ जना गरी जम्मा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्धारा जारी नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आज थपिएका ७० जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १६,७१९ रहेको छ ।
आज पुष्टि भएकाको प्रदेश विवरण
प्रदेश १ मा १३ प्रदेश २ मा ५ बाग्मती प्रदेशमा १४ गण्डकी प्रदेशमा १६. प्रदेश नं ५ मा १० कर्णाली प्रदेशमा ७ सुदूर पश्चिम प्रदेशमा ५ जना गरी जना रहेका छन् ।
आजपनि ४३१ जना अस्पतालबाट डिस्चार्ज
नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि देशका विभिन्न अस्पतालमा उपचाररत ४३१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
आज निको भएका ४३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८,४४२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ५०.५ प्रतिशत हो ।
कुन प्रदेशको क्वारेन्टिनमा कति रहेका छन् त ?
प्रदेश १ मा २७७४ प्रदेश २ मा २९६५ बाग्मती प्रदेशमा १९२८ गण्डकी प्रदेशमा ४१९७, प्रदेश नं ५ मा ५१९९, कर्णाली प्रदेशमा १८१८, सुदूर पश्चिम प्रदेशमा ५२१६ गरी २४,०९७ जना रहेका छन् ।
थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ३८ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु भएको पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाण्डौंका २ जना र सिन्धुपाल्चोकका १ गरी ३ जना पुरुषको मृत्यु भएको हो ।
जसमा काठमाण्डौं वडा नं १० संखमुलका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट असार २६ गते मृत्यु भएको हो ।
फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारणले असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचार गराइरहेका उनको असार १७ गते गरिएको कोरोनाको नमुना परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।
नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ३८ पुग्यो
त्यसैगरी सिन्धुपाल्चोक पाँचपोखरी वडा नं ६ का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट असार २५ गते मृत्यु भएको छ ।
असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा गरिएको कोरोना परीक्षणमा असार २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
त्यस्तै काठमाण्डौंको गोकर्णेशवर नगरपालिका वडा नं ४ घर भएका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ ।
उनको उपचारका क्रममा असार २५ गते मृत्यु भएको हो । उनी मिगौला रोगको विरामी रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि काठमाण्डौं मेडिकल कलेजमा भर्ना गरेर उपचार गरिएका उनमा श्वास प्रस्वासमा समस्या देखिएको थियो । असार २१ गते गरिएको श्वाव परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो ।
यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटः १६,६४९ जना संक्रमित, ८,०११ निको र ३५ को मृत्यु
वि.सं.२०७७ असार २७ शनिवार १७:५८ मा प्रकाशित






























