back
CTIZAN AD

यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटः १६,६४९ जना संक्रमित, ८,०११ निको र ३५ को मृत्यु

वि.सं.२०७७ असार २६ शुक्रवार

903 

shares

२६ असार, काठमाण्डौं । नेपालमा शुक्रबार (२६ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ७४ हजार ९५१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,८०६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,६०३ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २३ हजार ९१० रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ११८ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १६,६४९ पुगेको छ भने आज निको भएर १२० जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ८०११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म ३५ जनाको मृत्यु भएको छ ।

आज १२० निको भए, निको हुनेको संख्या ८०११ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गएको छ ।  यो संगै संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२० जनाले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।

आज डिस्चार्ज भएका १२० जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८०११ पुगेको छ ।

संक्रमितको उपचारमा अहोरात्र खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा शुभच्छुकहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धन्यवाद व्यक्त गरेका छन् ।

आज ११८ जना थपिएसँगै, संक्रमितको संख्या १६,६४९ पुग्यो
नेपालमा आज २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाण्डौंमा २८ जना, ललितपुरमा १३ जना र भक्तपुरमा १ गरी उपत्यकामा ४२ जना संक्रमति भेटिएका छन् ।

आज उपत्यकाका ४२ सहित ११८ जनामा कोेरोना संक्रमण, संक्रमितको संख्या १६,६४९ पुग्यो

त्यसैगरी अन्य जिल्लामा तनहुँमा ८, सुर्खेतमा ७, सर्लाहीमा ६, गुल्मीमा ६,सुर्खेतमा ४, धनुषामा ४, महोत्तरीमा ३,
पाँचथर, सिराहा, काभ्रेपलान्चोक, पाल्पा, नवलपरासी, रौतहट, सर्लाही, बाग्लुङ र दैलेखमा २÷२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी इलाम, रसुवा, डोटी, बाँके, भक्तपुर, महोत्तरी, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक इलाम, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोर्खा, बाजुरा, डोल्पा र सल्यानमा १÷१ जना गरी आज ११८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  आज थपिएका ११८ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १६,६४९ पुगेको छ ।

आज कुन प्रदेशमा कति संक्रमित थपिए त ?
स्वास्थ्य मन्त्रालयका अनुसार आज प्रदेश नं १ मा ४ जना, प्रदेश नं २ मा २० जना, बाग्मती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ३ जनामात्र संक्रमित पुष्टि भएका छन् ।

६ जिल्ला कोरोना संक्रमण मुक्त
नेपालका ७७ जिल्लामध्ये हालसम्म ६ जिल्ला कोरोना सक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला कोरोना संक्रमण मुक्त भएका हुन् ।

यस्तो छ हेर्नुहोस् नेपालमा असार २५ सम्मको कोरोना अपडेट

वि.सं.२०७७ असार २६ शुक्रवार १८:०९ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...