back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा असार २५ सम्मको कोरोना अपडेट

वि.सं.२०७७ असार २५ बिहीवार

699 

shares

२५ असार, काठमाण्डौं । नेपालमा विहिबार  (२५ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ७० हजार १४५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,५८८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्ला दिनमा पिसीआर परीक्षणको संख्या निरन्तर घट्दै गएको देखिन्छ ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,६०५ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २४ हजार ४२५ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका १०८ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १६,५३१ पुगेको छ भने आज निको भएर १३९ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ७,८९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ३५ रहेको छ ।

आज १०८ जनामा कोरोना संक्रमण भएको पुष्टि
नेपालमा आज १०८ जना कोरोना संक्रमणका विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो साता कोरोना संक्रमितको संख्या दिनहुँ घट्दै गएको छ ।

आज सबैभन्दा बढी सुर्खेतमा १८ र बझाङमा १६ जना संक्रमति भेटिएका छन् । साथै तीन दिनदेखि लगातार संक्रमित देखिएका उपात्यकाका तीनै जिल्लामा आज काठमाण्डौंमा मात्रै ५ जना संक्रमित भेटिएका छन् । ललितपुर र भक्तपुर जिल्लामा भने आज शून्य संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कैलालीमा ८, दाङमा ९, काठमाण्डौंमा ५, लम्जुङमा ५, कास्कीमा ४, चितवनमा ४, सिराहमा ४, अछाममा ४, दैलेखमा ३, डोटी, सप्तरी, धनुषा, बाग्लुङ, म्याग्दी, गोर्खा, बाँके, मुगु, बाजुरा र कन्चनपुरमा २/२ जना र दार्चुला, नुवाकोट, सर्लाही, नवलपरासीपूर्व, मकवानपुर, बाग्लुङ, सिन्धुपाल्चोक, तनहुँ, सुनसरी र झापामा १/१ जना गरी विहिबार जम्मा १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  आज थपिएका १०८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६,५३१ पुगेको छ ।

आज कुन प्रदेशमा कति संक्रमित थपिए त ?
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका १०८ संक्रमितमध्ये प्रदेश नं १ मा २ जना, प्रदेश नं २ मा ९ जना, बाग्मती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नम्बर ५ मा ९ जना, कर्णाली प्रदेशमा २३ जना र सुदूरपश्चिम प्रदेशमा ३५ जना गरी १०८ जना रहेका छन् ।

कुन प्रदेशको क्वारेन्टिनमा कति छन् त ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभरी सातै प्रदेशमा रहेका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् ।
जसमा प्रदेश नं १ मा २,८५० जना, प्रदेश नं २ मा २,९९० जना, बाग्मती प्रदेशमा १,९०७ जना, गण्डकी प्रदेशमा ४,२५० जना प्रदेश नं ५ मा ५,२४० जना कर्णाली प्रदेशमा १,८९९ जना र सुदूरपश्चिम प्रदेशमा ५,२८९ गरी जम्मा २४ हजार ४२५ जना रहेका छन् । पछिल्लो समय क्वारेन्टिनमा रहनेको संख्या दिनप्रतिदिन घट्दै गएको छ ।

कुन प्रदेशमा कति छन् त कोरोनाका सक्रिय विरामी ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशैभरीका अस्पताल र आइसोलेशनमा उपचाररत ८,६०५ सक्रिय विरामीमध्ये प्रदेश नं १ मा १९६ जना, प्रदेश नं २ मा २,०२४ जना, बाग्मती प्रदेशमा ४२९ जना,गण्डकी प्रदेशमा ८६२ जना, प्रदेश नं ५ मा १,७२७ जना, कर्णाली प्रदेशमा ४०५ जना र सुदूरपश्चिम प्रदेशमा २,९६२ जना रहेका छन् ।

आज १३९ जना निको भए, निको हुनेको संख्या ७,८९१ पुग्यो
नेपालमा आज पनि १३९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
देशका विभिन्न अस्पताल तथा आइशोलेशन सेन्टरमा उपचाररत १३९ जना स्वास्थ्यलाभ गरी घर फर्किएका हुन् ।
आज निको भएका १३९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७,८९१ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
नेपालमा हालसम्म संक्रमित १६,५३१ मध्ये स्वास्थ्यलाभ गरी घर फर्कनेको संख्या ७,८९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुनेमा प्रदेश नं १ मा ५४३ जना, प्रदेश नं २ मा २,२३४ जना, बाग्मती प्रदेशमा २८७ जना, गण्डकी प्रदेशमा ३५५ जना, प्रदेश नं ५ मा २,२९६ जना, कर्णाली प्रदेशमा १,२३८ जना र सुदूरपश्चिम प्रदेशमा ९३८ गरी जम्मा ७,८९१ जना स्वास्थ्यलाभ गरी घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी मन्त्रालयले ७७ मध्ये ५ जिल्ला कोरोना फ्रि भएको घोषणा गरेको छ । जसमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला रहेका छन् ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

जोखिमप्रति शर्तकता कम भएको भन्दै मन्त्रालयद्धारा चिन्ता व्यक्त
मन्त्रालयका अनुसार हाल देशका धेरै जिल्लामा क्वारेन्टिन र आइसोलेशनमा बस्नेहरुको संख्या दिनहुँ घटिरहेको छ । मन्त्रालयले कोरोना संक्रमण विरुद्ध लड्न व्यक्ति उसका परिवार तथा समाज सफल रहेको भन्दै सबै बधाईको पात्र रहेको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

साथै कोरोना संक्रमण घट्दै गएको अवस्थामा जनमानसमा शर्तकता कम भएको बताउँदै भिडभाड बढ्दै गएको, नियम उल्लंघन गर्दै गएको, संवेदनशील ठाउँहरुमा आवत जावत बढ्दै गएको (जस्तै स-साना टेम्पो र गाडीहरुमार्फत् सीमाना वारपार गरेको देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले चिन्ता जनाएको छ ।

वि.सं.२०७७ असार २५ बिहीवार १८:२७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...