back
CTIZAN AD

ग्लोबल आइएमई बैंकका सिइओ कुँवरले बैंक छाड्दाछाड्दै लेखे यस्तो भावकु स्टाटस

वि.सं.२०७७ असार २५ बिहीवार

1.7K 

shares

२५ असार, काठमाडौँ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) पशुराम कुँवरले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले राजीनामा दिएको जानकारी गराउँदै उनले बैंकसँग जोडिएका आफ्ना दिनहरुको सम्झना पनि गरेका छन् । उनले आफूलाई सम्झौता अनुसारको बाँकी समयसम्म रहेर काम गर्ने चाहना हुँदा हुँदै पनि बीचमै अबकाश लिनु परेकोमा पीडा भएको भन्दै भावुकता पोखेका पनि छन् ।

‘म मेरो रोज़गार समझौता अनुसारको वाकी सेवा अवधी २०७८ जेठ मसान्त सम्म नै काम गरेर वैकिंग क्षेत्र मात्र होईन सम्पूर्ण क्षेत्रबाट पुर्णकालिन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरुका सवै इच्छा र आकांक्षा पुरा हुदैनन् !  म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होईन । जीन्दगी भरी मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाएँ ! तर मेरो यों आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पिढा हुनेछ’ उनले लेखेका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस :

मेरो जीवनको अर्को महत्वपूर्ण र अविश्मरणिय दिन

१) स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई वैकको प्रमुख कार्यकारी अधिकृत पदवाट मैले पेश गरेको राजिनामा वैकको संचालक समितिले २०७७ साउन १ गतेवाट लागु हुने गरि स्वीकृत गरेको छ ।

२) म मेरो रोज़गार समझौता अनुसारको वाकी सेवा अवधी २०७८ जेठ मसान्त सम्म नै काम गरेर वैकिंग क्षेत्र मात्र होईन सम्पूर्ण क्षेत्रबाट पुर्णकालिन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरुका सवै इच्छा र आकांक्षा पुरा हुदैनन् १ म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होईन । जीन्दगी भरी मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाएँ १ तर मेरो यों आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पिढा हुनेछ ।

३) जिन्दगी भर मैले निरन्तर रुपमा “९९६” को मोडेलमा काम गरें अर्थात विहान ९ बजे देखि वेलुका ९ वजे सम्म हप्ताको ६ दिन काम गरें । ज़िन्दगीका थुप्रै दिन दिनको १४(१५ घण्टा र शनीवारका दिन काम गरेको छु ! पढाइमा त अव्वल नै थियँ तर सरकारी स्कुल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थियँ र सहायक तहवाट वैकिगं क्षेत्रमा प्रवेश गरेको थियँ ! म आज जहाँ छु र ज़िन्दगीमा मैले जे हासिल गरेँ त्यो सवै मेरो मेहनत कै फल हो ।

४) तर अव मेरो स्वास्थ्य र उमेरले त्यसरी नै “९९६”को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदियको जस्तो महशुस भयो । २१ लाख भन्दा वढी ग्राहकहरु, ३१०० भन्दा वढी कर्मचारी र लाखौं शेयरधनीहरु भएको ग्लोवल आईएमई वैक जस्तो वैकमा जागिर खाने नाममा कुर्चिमा टासियर वस्न मन लागेन । आशातित गति, अपेक्षा र भावना अनुरुप कार्यसम्पादन गर्न निरन्तर “९९६” को मोडेलमा काम गर्न ज़रूरी छ तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सिईयोको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिन । यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र वसेको भए, वैकका सबै सरोकारवालाहरु (ग्राहकहरु,शेयरधनीहरु,कर्मचारीहरु, नियमनकर्ता र सरकार र समुदाय) प्रति मैले अन्याय गरेको हुने थियँ ! यो मेरा लागि स्वीकार योग्य थिएन ।

५) विं।सं २०७४ असार १ गते तत्कालीन जनता वैकमा सिईयोको रुपमा कार्यभार सम्भाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास वैक र सिध्दार्थ विकास वैक मर्ज़ गरेर एकै चोटी ठूलो भएको जनता वैकलाई “अटोपाईलट” मा लग्न २ वर्ष लाग्छ र सो समय पछि मलाई विदा दिनु पर्छ भनेर तत्कालिन संचालक समितिलाई भन्थे र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्ष पछि वैक तपाईहरुले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र वस्ने हो भन्थे । त्यो हिसावले म १३ महिना वढी वैकमा काम गरेको छु । अझ त्रिवेणी विकास वैक र सिध्दार्थ विकास वैकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रुपमा काम गरेको अवधी समेत गणना गर्ने हो भने वैकसंग ३ १/२ वर्ष सम्वध्द हुन पुगेको छु।

६) ग्लोवल आईएमई वैकले राम्रो गरेको छ, राम्रो गर्दैछ र अझ राम्रो गर्ने संभावनाहरु विध्दमान छन् !  देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने वैकको क्षमता छ । वैकको पुर्वाधार सवल छ, वैकको व्यवसाय राम्रो छ, वैकको छवि राम्रो छ र वैकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार,लगनशील, र परिणाममुखी छन्। म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई mष्कक गर्ने छु । यस्तो गुणहरु भएको वैकले भविष्यमा अझ राम्रो गर्दै जाने छ भनि सम्पूर्ण सरोकारवालाहरुमा आश्वस्त पार्न चाहान्छु । र म यस घडीमा वैकका सवै सरोकारवालाहरुमा आ-आफनो ठाउँबाट भविष्यमा पनि वैकलाई थप साथ र सहयोग गर्न हार्दिक आव्हान गर्दछु ।

७) विगत करीव साढ़े ३ दशक वैकिंग क्षेत्र र त्यस भन्दा अघी करीव साढ़े २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसंग काम गरेको छु। आफुले काम गरेका वैकका कर्मचारीहरुका साथै अन्य वैक तथा वित्तीय संस्थाहरुका साथीहरु, नेपाल राष्ट्र वैक र अन्य नियमन संस्थाहरुका सरहरु र म्याडमहरुसंग र मेरा ग्राहकहरुसंग थुप्रै अन्तरकृयाहरु र वैठकहरु गरेको छु। यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विधार्थीहरुलाई चोट पुर्यायको छु। यसको लागि म यहाँहरुसंग माफ़ी माग्न चाहान्छु । मैले जानी जानी यहाँहरुको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलियर व्यावसायिक रुपमा लियर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु।

८) यो अवकाश संगै म अव कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक daily routine प्रकृतिको पूर्णकालिक काम गर्ने संभावना न्यून छ। मेरो वाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र वैकिगं क्षेत्रका कर्मचारीलाई तालीम प्रदान गर्नमा विताउने छु । तालीम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौख (passion)  को चीज रहदै आएको छ। मैले वैकिगं क्षेत्रवाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म वाढ्न चाहान्छु। मैले सधै भन्दै आएको छु र आज म यहाँ फेरी दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्ने छन् ।

९) मेरो साढ़े ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापुर्वक संस्थागत सुशासन क़ायम गर्दै काम गरेको छु । मैले सधै “Good Sleep” रोजें, “Good Food” कहिल्यै रोजिन। यसले मलाई “Fearless”वनायो। कतिपय अवस्थामा यो मेरो Strength पनि वन्यो weakness पनि !  यसै कारण कसैले मेरो नैतिकता र ईमान्दारीतामा औंला ठड्याउन सकेनन्!  जीन्दगीमा मैले कमाएको सवै भन्दा ठूलो पूँजी हो यो ! मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसावले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा (मावली) र मेरो वैकिगंको महाविद्यालय ग्रिन्ड्लेज र स्टैण्डर्ड चार्टड वैकलाई स्रेय जान्छ ! म वहाँहरुलाई सधै संझने छु !

१०)  बैकमा काम गरिरहेको अवस्था र बैकिगं क्षेत्र भन्दा वाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो । वित्तीय सुधार कार्यक्रम अन्तर्गत ३ १/२ वर्ष नेपाल वैकमा काम गर्दा (जुलाई २००३ (डिसेम्वर २००६) देखि नै मेरो वहाँहरुसंग संगत रह्यो। वहाँहरुको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहान्छु । कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाड्ठा-डो रुपमा प्रस्तुत भएको हुंला, यसको लागि म वहाँहरु संग क्षमा याचना गर्दछु।

११)  अन्तमा, वैकिगं क्षेत्रमा जे जति गर्न सकें यसको पछाडी मेरो परिवारको ठूलो हात छ । यसका लागि परिवारका सवै सदस्यहरुलाई धन्यवाद दिन्छु । पुर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्थ्यो त्यति दिन सकिन, यसका लागि म दुखी र क्षमाप्रार्थी छु १

धन्यवाद

वि.सं.२०७७ असार २५ बिहीवार १९:०७ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...