back
CTIZAN AD

अमेरिका बाट आयो रानीको कथा (भिडियो सहित )

वि.सं.२०७७ असार २५ बिहीवार

879 

shares

२५ असार, काठमाडौं । हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन्। हरेकसँग सुरुवातको कथा हुन्छ । अन्त्यको पनि कथा हुन्छ। संघर्षका मैदान सबैका हुन्छन् । जित्नेका कथा । हार्नेका कथा । कसैले लेख्छन् कापीमा र भर्छन् पानाहरु । कसैले लेख्छन् मनमा र भर्छन् यादहरु । हरेक बाटाहरु फरक हुन्छन् । सबैका बाटोहरु एकै हुन्नन् । त्यसैले त हरेकका अलग कथा हुन्छन् । ती कथाहरु कति लेखिन्छन् कति मेटिन्छन् ।

गायिका रानी शाक्यले जीवनको सत्यता गीत मार्फत बताउने कोसिस गर्दै ‘कथा २’ सार्वजनिक गरेकी छिन्। गायक कमल खत्रीसंग यसअघि ‘कथा’ बोलको युगल गीत सार्वजनिक गरेकी शाक्यले अर्को कोणबाट ‘कथा २’ सार्वजनिक गरेकी हुन्। ‘कथा’ उनका सफल गीतहरु मध्य एक हो। गायिका शाक्य अमेरिकामा बसेर निरन्तर गीत संगीतमा सक्रिय छिन।

‘कथा २’ मा स्वर रानी शाक्यको रहेको छ भने शब्द अरुण तिवारीको रहेको छ। गीतमा संगीत जीवित जल्मीको रहेको छ। हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतलाई गायिका शाक्यको अफ़िसिएल युट्युव च्यानल ‘रानी शाक्य’ मार्फत सार्वजनिक गरिएको छ। लिरिकल भिडियो गायिका शाक्यका श्रीमान राजेश शाक्यले बनाएका हुन्।

 

वि.सं.२०७७ असार २५ बिहीवार १८:१५ मा प्रकाशित