back
CTIZAN AD

चारवटा बीमा कम्पनीहरु १ अर्ब ८३ करोड रुपैंयाँको प्राथमिक कित्ता सेयर(आईपिओ) निस्कासनको तयारीमा

वि.सं.२०७७ असार २६ शुक्रवार

912 

shares

२६ असार काठमाडौं । चार वटा बीमा कम्पनीहरु आफ्नो तोकिएको चुक्ता पुँजी पुर्याउन प्राथमीक कित्ता सेयर निस्कासन गर्ने तरखरमा छन । अहिले बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी २ अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब हुनै पर्ने व्यवस्था गरेकोले पूँजी बृद्धि गर्नको लागि पनि बीमा कम्पनीहरु सेयर निस्कासन अनुमतीका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । आवेदन दिनेहरुमा जनरल इन्स्यनेरेन्स, सानीमा जनरल ईन्स्योरेन्स, आईएमई लाईफ ईन्स्योरेन्स र रिलायन्स लाईफ ईन्स्योरेन्स रहेका छन् ।

यी सबै कम्पनीहरुले यहि असार महिनामा नियामक निकाय धितो बोर्डमा सेयर निस्कासनको अनुमती माग गर्दै आवेदन दिएका हुन् । तिनिहरुमध्ये जनरल ईन्स्योरेन्स र सानीमा जनरल इन्स्योरेन्सले ३०, ३० लाख कित्ता, आईएमई लाईफ ईन्स्योरेन्सले ६० लाख कित्ता र रिलायन्स लाईफ ईन्स्योरेन्सले ६३ लाख कित्ता सेयर निस्कासनको अनुमती मागेका छन् ।

धितोपत्र बोर्डबाट अनुमती पाउने बित्तिकै ति बीमा कम्पनीहरुले प्राथमीक कित्ता सेयर निस्कासन गर्ने छन् । ति चारवटै बीमा कम्पनीहरुको १ अर्ब ८३ करोड रुपैंयाँ बराबरको १ करोड ८३ लाख कित्ता प्राथमिक सेयर निस्कासन हुने छन् ।

तिनिहरुमध्ये जनरल इन्स्यनेरेन्सले एस क्यापिटललाई, सानीमा जनरल ईन्स्योरेन्सले एनआईसि एसिया क्यापिटललाई, आईएमई लाईफ ईन्स्योरेन्सले सिभिल क्यापिटललाई र रिलायन्स लाईफ ईन्स्योरेन्सले सानीमा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेका छन । सम्भवतः यी कम्पनीहरुले आगामी आर्थिक वर्षको साउनमा सेयर निस्कासनको अनुमती पाउने बताएका छन् ।

वि.सं.२०७७ असार २६ शुक्रवार १८:१६ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...