२६ असार काठमाडौं । चार वटा बीमा कम्पनीहरु आफ्नो तोकिएको चुक्ता पुँजी पुर्याउन प्राथमीक कित्ता सेयर निस्कासन गर्ने तरखरमा छन । अहिले बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी २ अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब हुनै पर्ने व्यवस्था गरेकोले पूँजी बृद्धि गर्नको लागि पनि बीमा कम्पनीहरु सेयर निस्कासन अनुमतीका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । आवेदन दिनेहरुमा जनरल इन्स्यनेरेन्स, सानीमा जनरल ईन्स्योरेन्स, आईएमई लाईफ ईन्स्योरेन्स र रिलायन्स लाईफ ईन्स्योरेन्स रहेका छन् ।
यी सबै कम्पनीहरुले यहि असार महिनामा नियामक निकाय धितो बोर्डमा सेयर निस्कासनको अनुमती माग गर्दै आवेदन दिएका हुन् । तिनिहरुमध्ये जनरल ईन्स्योरेन्स र सानीमा जनरल इन्स्योरेन्सले ३०, ३० लाख कित्ता, आईएमई लाईफ ईन्स्योरेन्सले ६० लाख कित्ता र रिलायन्स लाईफ ईन्स्योरेन्सले ६३ लाख कित्ता सेयर निस्कासनको अनुमती मागेका छन् ।
धितोपत्र बोर्डबाट अनुमती पाउने बित्तिकै ति बीमा कम्पनीहरुले प्राथमीक कित्ता सेयर निस्कासन गर्ने छन् । ति चारवटै बीमा कम्पनीहरुको १ अर्ब ८३ करोड रुपैंयाँ बराबरको १ करोड ८३ लाख कित्ता प्राथमिक सेयर निस्कासन हुने छन् ।
तिनिहरुमध्ये जनरल इन्स्यनेरेन्सले एस क्यापिटललाई, सानीमा जनरल ईन्स्योरेन्सले एनआईसि एसिया क्यापिटललाई, आईएमई लाईफ ईन्स्योरेन्सले सिभिल क्यापिटललाई र रिलायन्स लाईफ ईन्स्योरेन्सले सानीमा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेका छन । सम्भवतः यी कम्पनीहरुले आगामी आर्थिक वर्षको साउनमा सेयर निस्कासनको अनुमती पाउने बताएका छन् ।