back
CTIZAN AD

आत्महत्याको भिडियो सञ्जालमा शेयर गरे कारवाही

वि.सं.२०७७ असार २६ शुक्रवार

801 

shares

२६ असार, काठमाडौँ । आत्महत्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जालमा शेयर गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ।

आत्महत्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्‍जालमा अपलोड गर्ने क्रम बढेपछि प्रधान कार्यालय साइबर ब्यूरोले प्रेस विज्ञप्ती निकाल्दै त्यस्ता भिडियो अपलोड गर्ने, सेयर गर्ने र प्रतिक्रिया जनाउने समेतलाई कारवाही थाल्ने जनाएको हो।

ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गरी Live Streaming  गरी आत्महत्या गरिएका कतिपय घटनाहरुको संवेदनशिल भिडियाहरु सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा अपलोड गर्ने, शेयर गर्ने, प्रतिक्रिया जनाउन लगायतका कार्यहरु गरेको वा भैरहेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ता किसिमका भिडियोहरु सार्वजनिक हुँदा विभिन्न किसिमका मानसिक पीडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन पु¥याउने हुँदा यस्ता गतिविधिका भिडियो कसैले पनि सेयर गर्ने, प्रतिक्रिया जनाउने र अपलोड गर्ने गरेको पाइएमा कानुन अनुसार कारवाही हुने विज्ञप्तिमा बताइएको छ ।

समयमै सूचना प्राप्त भएको अवस्थामा यस्ता प्रकृतिका घटना कतिपय घटनामा सम्बन्धित सामाजिक सञ्जाल लगायत अन्य व्यक्ति एवम निकायसँग सहयोगमा त्यस्ता व्यक्तिहरुको उद्बार गर्न सकिने  हुँदा आत्महत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालहरुमा लाइभ गर्न लागेको वा गर्दै गरेको घटनाका बारेमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार १९:१४ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...