
२४ असार, काठमाण्डौं । नेपालमा आज ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाण्डौंमा २८ जना, ललितपुरमा १३ जना र भक्तपुरमा १ गरी उपत्यकामा ४२ जना संक्रमति भेटिएका छन् ।
कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा पाँचथरका २,गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४, महोत्तरीका ३, सर्लाहीका ६, सिराहाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा रसुवाका १, डोटीका १, सर्लाहीका १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका १, भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका १, पाटन अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १, भक्तपुरका १, काठमाण्डौंका १५, काभ्रेपलान्चोकका २, ललितपुरका १३, महोत्तरी १, रामेछाप १, रौतहटका २, सिन्धुलीका १, सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको छ ।
टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका १२, सर्लाहीका १, इलाम १, पाल्पा २, रुपन्देहीका १, मकवानपुरका १, धादिङका १ र कैलालीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २, तनहुँका ८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोर्खाका १, नवलपरासीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ६, पाल्पाका २ जनामा संक्रमण पृष्टि भएको छ ।
दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा सुर्खेतका ७, बाजुराका १, दैलेखका २, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा डोल्पाका १, सल्यानका १, सुर्खेतका ४ जना गरी आज ११८ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज थपिएका ११८ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १६,६४९ पुगेको छ ।
नेपालमा घट्दै छ कोरोना संक्रमितको संख्या, आज १०८ जनामा संक्रमण भएको पुष्टि