back
CTIZAN AD

नेपालमा घट्दै छ कोरोना संक्रमितको संख्या, आज १०८ जनामा संक्रमण भएको पुष्टि

वि.सं.२०७७ असार २५ बिहीवार

753 

shares

२५ असार, काठमाण्डौं । नेपालमा आज १०८ जना कोरोना संक्रमणका विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो साता कोरोना संक्रमितको संख्या दिनहुँ घट्दै गएको छ ।

आज सबैभन्दा बढी सुर्खेतमा १८ र बझाङमा १६ जना संक्रमति भेटिएका छन् । साथै तीन दिनदेखि लगातार संक्रमित बढ्दो क्रममा रहेको   उपात्यकाका तीनै जिल्लामध्ये आज काठमाण्डौंमा मात्रै ५ जना संक्रमित भेटिएका छन् । ललितपुर र भक्तपुर जिल्लामा भने आज शून्य संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरी र झापाका १÷१ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ र सिराहाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दार्चुलाका १, डोटीका २, काठमाण्डौं १, नुवाकोटका १, सर्लाहीका १, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका १, भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका ४, नवलपरासीपूर्वका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका १, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा बाग्लुङका १, काठमाण्डौंका २, सिन्धुपाल्चोकका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २, तनहुँका १, म्याग्दीका २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोर्खाका २, कास्कीका ४, लम्जुङका ५, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २ र दाङका २ जनामा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ५, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ३, मुगुका २, सुर्खेतका १८ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १६ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ४, बाजुराका २, कन्चनपुरका २, कैलालीका ८ गरी जम्मा १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  आज थपिएका १०८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६,५३१ पुगेको छ ।

वि.सं.२०७७ असार २५ बिहीवार १६:३९ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...