back
CTIZAN AD

सरिता गिरीको सांसद पद रिक्त

वि.सं.२०७७ असार २५ बिहीवार

792 

shares

२५ असार, काठमाडौँ । समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीको सांसद पद रित्त भएको छ । समाजवादी पार्टी नेपालले सांसद गिरीलाई पार्टीको साधारण सदस्यसँगै सांसदबाट निष्कासन गरेको संघीय संसद् सचिवालयलाई जानकारी गराएसँगै सांसद गिरीको पद रिक्त भएको हो ।

संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै गिरीको सांसद पद रिक्त भएको जनाएको छ।

पार्टीको ह्वीप नमानेको भन्दै गिरीलाई कारबाहीस्वरुप सांसदबाट हटाउने निर्णय गरेको समाजवादी पार्टीले बुधबार उनलाई पदमुक्त गरिदिन संसद् सचिवालयमा पत्र पठाएको थियो।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी सरिता गिरीको सांसद पद निलम्वन

उक्त पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेको देखिन आएकाले संविधानको धारा ८९ बमोजिम गिरीको पद रिक्त भएको संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

गिरी समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणाली मार्फत प्रतिनिधिसभामा सांसद बनेकी हुन्।

नेपालको नयाँ नक्शा जारी भएपछि संविधानमा भएको निशान छाप अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएर पार्टीको ह्विप उल्लंघन गरेका कारण कार्वाही स्वरुप समाजवादी पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट समेत मुक्त गर्ने निर्णय गरेको थियो । उनले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन् । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

वि.सं.२०७७ असार २५ बिहीवार १६:४७ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...