back
CTIZAN AD

पार्टीको साधारण सदस्यसमेत नरहने गरी सरिता गिरीको सांसद पद निलम्वन

वि.सं.२०७७ असार २३ मंगलवार

942 

shares

२३ असार, काठमाडौँ । समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई पार्टीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाएको छ ।

समाजवादी पार्टीको आज बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको बताइएको छ । रामसहायप्रसाद यादवको नेतत्वको कार्यदलले सांसद गिरीलाई कार्वाही गर्न सिफारिस गरेअनुसार आजको पदाधिकारी बैठकले सो निर्णय लिएको समाजवादी पार्टीका नेता विश्वदिप पाण्डेले बताए ।

कार्यदल पार्टी अध्यक्षलाई प्रतिवेदन बुझाउँदै । तस्विर स्रोत : विश्वदिप पाण्डे

गिरीको गतिविधिबारे छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।

उनलाई नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएर पार्टीको ह्विप उल्लंघन गरेका कारण कार्वाही स्वरुप समाजवादी पार्टीले सो निर्णय लिएको हो । उनले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन् । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको जानकारी सांसदलाई गराइने पनि नेता पाण्डेले बताए ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यो दलले दल त्याग गरेको कुरा जानकारी दिएमा सांसद पद स्वतः निलम्वन हुने प्रावधान छ ।

वि.सं.२०७७ असार २३ मंगलवार १६:५६ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...