back
CTIZAN AD

आज उपत्यकाका २८ सहित २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,१६८ पुग्यो

वि.सं.२०७७ असार २३ मंगलवार

897 

shares

२३ असार, काठमाण्डौं । नेपालमा आज  २०४ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी बाजुरामा ५४ जना संक्रमित भेटिएका छन् । साथै काठमाण्डौंमा १४ जना, ललितपुरका १० र भक्तपुरमा ४ गरी उपत्यकामा जम्मा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित मंगलबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १, सुनसरीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ६, गजेन्द नारायणसिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना र महोत्तरीका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११, बैतडीका ११, डोटीका ७, गोर्खाका १, काठमाण्डौं र सिन्धुलीका १÷१ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका २, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा बाजुराका ५४ , सिन्धुपाल्चोका १, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धादिङ १, भक्तपुरका ४, गोर्खाका २, कास्कीका १, काठमाण्डौंका १२ जना, ललितपुरका १०, लम्जुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुमपश्चिम, मकवानपुर र रामेछापका १÷१ जना, सर्लाहीका ३ जनामा संक्रमण पृष्टि भएको छ ।

टिचिङ अस्पताल काठमाण्डौंमा गरिएको परीक्षणमा काठमाण्डौंका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँक २, बाग्लुङका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५, पाल्पाका २, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका ३, रुकुमपश्चिमका ४, रुकुमपूर्वका १, बर्दियाका २ र सल्यानका ५, जनामा संक्रमण पृष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सुर्खेतका ३, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका ६ जनागरी आज २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २०४ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १६,१६८ पुगेको छ ।

आज उपत्यकाका ५४ सहित १८० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १५९६४ पुग्यो

वि.सं.२०७७ असार २३ मंगलवार १६:४४ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...