२३ असार, काठमाडौं । मंगलबार नेप्सेमा हरियाली छाएको छ । लकडाउनका कारण लामो समय बन्द भएको नेप्सेमा मंगलबार भने पुरा समय कारोबार हुँदै हरियाली छाएको हो ।
कूल १ अर्ब २१ करोड, २४ लाख २६ हजार २६७ रुपैंया बराबरको २८ लाख ८३ हजार ९४८ कूल सेयर किनबेच भएको नेप्सेले जनाएको छ । कूल सूचिकृत मध्ये १७८ कम्पनीको कारोबार हुँदा अघिल्लो दिनको तुलनामा समग्र परिसूचक ३७.९३ अंकले बढेर १३३६.६६ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ६.७१अंकले बढेको छ ।
आज बीमा कम्पनी समूह चम्किएको छ । त्यसमा पनि निर्जीवन बीमा कम्पनी समूका लगानीकर्ताहरुले सबै भन्दा धेरै ३६५.४६ अंकले कमाएका छन भने सबैभन्दा थोरै समूहिक लगानी कोषका लगानीकर्ताहरुले ०.१६ अंकले कमाएका छन् ।
नेप्सेमा हरियाली छाउँदा पनि ग्लोबल आईएमई लघु बित्त(४९), एनआईसि एसिया बैंकको प्रमोटर सेयर(५), रिलायन्स फाईनान्स(४) लगायतका लगानी कर्ताहरु धेरै गुमाउनेमा परेका छन ।
त्यस्तै सामुदायीक लघु बित्त(७४), सूर्योदय लघुबित्त(६६), नेपाल सेवा लघु बित्त(५७)लगायतका लगानीकर्ताले राम्रो आम्दनी गरेका छन ।
कारोबार रकमको आधारमा नेपाल पूनर्बीमा कम्पनीकोे सबै भन्दा धेरै रकमको सेयर कारोबार भएको छ । उसको कूल ९ करोड १२ लाख ६७ हजार ८३ रकम बराबरको १ लाख ८९ हजार ८० कित्ता सेयर किनबेच भएको हो । त्यस्तै आजको कारोबारमा उसको ३ हजार ५ सय ९४ पटक सेयर लेनदेन भएको छ ।

वि.सं.२०७७ असार २३ मंगलवार १६:४० मा प्रकाशित


























