back
CTIZAN AD

मास्क कसरी लगाउने ? जान्नुहोस् मास्क लगाउने सहि तरिका

वि.सं.२०७७ असार २३ मंगलवार

1.1K 

shares

काठमाडौं । धेरै अध्ययनले कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्कको प्रयोग अति उपयोगी भएको देखाएको छ ।

संक्रमित व्यक्तिबाट संक्रमण फैलाउन नदिन र स्वस्थ व्यक्ति संक्रमित नहुन पनि मास्क अनिवार्य भएको तथ्यहरुले बताएका छन् । पछिल्ला अध्ययनहरुले हावाबाट पनि संक्रमण सर्न सक्ने तथ्य भेटिएसँगै माक्स त झनै अनिवार्य देखिएको छ ।

यस्तोमा यो रोगको संक्रमणबाट जोगिन नाक र मुख छोपिने गरि मास्क लगाउनु अनिवार्य देखिन्छ । सँगै कस्तो किसिमको मास्क र कसरी लगाउने भन्ने विषय पनि महत्वपूर्णं छ ।

हामीले आज तपाईंलाई कस्तो मास्क र कसरी लगाउने भन्ने विषयमा सहि जानकारी दिन खोज्दैछौं । जान्नुहोस् कस्तो मास्क प्रयोग गर्ने र कसरी प्रयोग गर्ने ?

कस्तो मास्क लगाउने ?

हालसम्मका अध्ययनले कोरोना भाइरसबाट आफुँ जोगिन र अरुलाई जोगाउन मास्क अनिवार्य देखाएको छ । यस्तोमा खासगरी केही मापदण्ड पुगेका मास्क मात्रै लगाउन पनि सिफारिस गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि खासगरी दुई खालका मास्क एन ९५ वा के एन ९५ र मेडिकल वा सर्जिकल मास्कलाई प्रयोग गर्न सुझाव दिएको छ । कतिपय कपडाको मास्क पनि प्रयोगमा ल्याइएपनि उक्त मास्कमा हुने छिद्रले कोरोना संक्रमण फैलन नरोक्ने बताइन्छ । अधिकांश कपडाका मास्क मापदण्ड नपुगेको पनि अध्ययनहरुले देखाएका छन् ।

मास्क सुरक्षित कसरी लगाउने ?

सफा हातले मात्रै मास्क पहिरिने ।

मास्क लगाउँदा तलको भागको चिउँडो र नाकमुख पुरै ढाक्ने ।

चिसो वा भिजेको मास्क प्रयोग गर्दै नगर्ने ।

प्रयोग गर्ने मास्कलाई पट्याउन वा खुम्च्याउने काम नगर्ने ।

मास्क खोलेर कान वा घाँटीमा झुण्ड्याउनु पनि हुँदैन् ।

एकपटक प्रयोग गरेको मास्कहरु फेरि फेरि प्रयोगमा ल्याउनु झनै असुरक्षित हुन्छ ।

लगाईरहेको मास्कको बाहिरपट्टिको भाग प्रदुष्ति हुने भएकाले यसलाई छुनु हुँदैन् ।

धेरै अध्ययनहरुले मास्कलाई ४ घण्टाभन्दा बढिसम्म प्रयोग गर्न नहुने देखाएको छ ।

वि.सं.२०७७ असार २३ मंगलवार १५:५१ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...