back
CTIZAN AD

विश्व विद्यालयलाई परिक्षाको बैकल्पिक बाटो खुल्यो

वि.सं.२०७७ असार २३ मंगलवार

1.1K 

shares

२३ असार, काठमाण्डौ । कोरोना भाईरसको माहामारीका कारण विश्वविद्यालयहरुमा स्थगित परीक्षा सञ्चालन गर्न वैकल्पिक बाटो खुलेको छ ।

विद्यार्थीहरुका बिच जारी रहेको अन्योलतालाई चिर्दै विश्वविद्यालय अनुदान आयोगले एक निर्देशिका जारी गरेपछि विश्वविद्यालयहरुलाई परीक्षाको सन्चालन गर्ने बैकल्पिक बाटो तय गर्ने नीतिगत निर्णयका लागि बाटो खुलेको हो । कोरोन भाईरसको माहामारीका कारण झण्डै चार महिनादेखि विश्वविद्यालयहरुको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कन अबरुद्ध छ । माहामारीका कारण सृजना भएको अवरोध हटाउन यो निर्देशिका जारी गरिएको विश्वविद्यालय अनुदान आयोगको भनाई छ ।

आयोगको निदेशिका अनुसार विश्वविद्यालयहरूले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई सम्भब भएसम्म भर्चुअल विधिबाट परीक्षासन्चालन गर्न सक्नेछन् । यदि कुनै कारणले परीक्षा सन्चालन गर्न नसकिएको अवस्थामा बिद्यार्थीहरुले क्याम्पसहरुमा पाएको आन्तरिक मूल्याङ्कनका आधारमा परिक्षाफल प्रकाशित गर्न सक्नेछन ।

बिद्यार्थीको कुनै विषयको प्रयोगात्मक परीक्षा सन्चालन गर्न नसकिएको भएमा पनि अर्को सत्रमा लिन सकिनेछ । यद्यपी विद्यार्थीसंख्या धेरै भएको विश्वविद्यालय तथा विषयको सन्दर्भमा भने सम्भव भएमा भौतिक दूरी कायम गरेर परीक्षा सन्चाल गर्न पनि सकिने आयोगको भनाई छ ।

कोरोनाका कारण विश्व विद्यालयहरुमा स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरको परिक्षा रोकिएको थियो भने स्नातक तहको तेस्रो बर्षको परिक्षा रोकिएको थियो ।

विश्व विदालयहरुका सबै तह (विद्यावारिधि, एमफिल, स्नातकोत्तर तथा स्नातक) हरुमा परीक्षा प्रणाली फरक हुन सक्ने छन भने विश्वविद्यालयहरूले आफूलाई जे अनुकूल हुन्छ सोहि अनुसार निर्णय गर्न सक्नेगरि निर्देशिका तयार गरेको छ ।

वि.सं.२०७७ असार २३ मंगलवार १५:४७ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...