Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

नेकपा गम्भीर संकटतिर, पार्टी फुट तिर पुगेको प्रचण्ड पक्षको निष्कर्ष



काठमाडौं । आन्तरिक विवाद गहिरिँदै जाँदा सत्तारुढ नेकपा गम्भिर संकट तिर पुगेको छ । विवाद समाधानका लागि गरिएका पछिल्ला वार्ता र संवादहरु समेत निरअर्थ बन्न पुगेसँगै नेकपा संकट संकट तिर पुगेको हो ।

विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको ‘वान टु वान’ वार्ता पनि पुर्णं निरर्थक बन्न पुगेको नेकपा स्रोतले जानकारी दिएको छ । स्रोतले बताएअनुसार पछिल्ला छलफलमा प्रधानमन्त्री ओली आफ्नो अडानबाट टसमस नभएसँगै वान टु वान वार्तासमेत अनिश्चित बनेको छ ।

यसअघि बुधबार अध्यक्षद्वबीच भएको वान टु वान वार्तामा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले आफुँ कुनै पनि पदबाट राजीनामा नदिने बरु फेस गर्ने चुनौती दिएका थिए । उनले अर्का अध्यक्ष प्रचण्डलाई अध्यक्ष र प्रधानमन्त्री बन्न महाधिवेशन र चुनाव कुर्न सल्लाह दिएको प्रचण्ड निकट स्रोतले बताएको छ ।

यसअघि बुधबार अध्यक्षद्वबीच भएको वान टु वान वार्तामा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले आफुँ कुनै पनि पदबाट राजीनामा नदिने बरु फेस गर्ने चुनौती दिएका थिए । उनले अर्का अध्यक्ष प्रचण्डलाई अध्यक्ष र प्रधानमन्त्री बन्न महाधिवेशन र चुनाव कुर्न सल्लाह दिएको प्रचण्ड निकट स्रोतले बताएको छ ।

बुधबारको छलफलमा प्रदर्शन रोक्न अध्यक्ष प्रचण्डले गरेको आग्रहलाई समेत ओलीले ठाडै अस्वीकार गरेको बताइन्छ । ओलीले स्थायी समितिको बैठकबाट सकेको निर्णय गर्न पनि प्रचण्डलाई चुनौती दिएको स्रोतले बताएको छ ।

प्रचण्ड पक्षको ठम्माई : ओलीले पार्टी फुटाइसके

यता पछिल्ला वार्ता र छलफल निरअर्थक बन्दै गएपछि अध्यक्ष प्रचण्ड वैकल्पीक रणनीतिको खोजीमा लागेका छन् । उनले पार्टी विभाजन रोक्न नसकिने पनि निष्कर्ष निकालेको निकट स्रोतले बताएको छ । स्रोतले बताएअनुसार पार्टी विभाजन रोक्न गरेको छलफल पनि निरअर्थ बनेको छ ।

‘प्रधानमन्त्री ज्यूले पार्टी करिब–करिब फुटाई सक्नु भो, अध्यक्ष ज्यूको पार्टी विभाजन गर्न नदिने प्रयास असफल हुँदै गए जस्तो भएको छ’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘पार्टी विभाजन गर्न हुँदैन भनेर छलफल भएको थियो, प्रधानमन्त्री ज्यू फुटाउने पक्षमै स्पष्ट लाग्नु भयो ।’

‘प्रधानमन्त्री ज्यूले पार्टी करिब–करिब फुटाई सक्नु भो, अध्यक्ष ज्यूको पार्टी विभाजन गर्न नदिने प्रयास असफल हुँदै गए जस्तो भएको छ’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘पार्टी विभाजन गर्न हुँदैन भनेर छलफल भएको थियो, प्रधानमन्त्री ज्यू फुटाउने पक्षमै स्पष्ट लाग्नु भयो ।’

प्रचण्ड ओलीसँगको छलफल निरअर्थ बन्दै गएपछि स्थायी समितिबाट निष्कर्ष निकाल्ने गरी तयारीमा लागेको स्रोतले बताएको छ । जनाइएअनुसार शुक्रबार बोलाइएको बैठकबाट पार्टी विवादको विषयमा अन्तिम निर्णय हुनसक्नेछन् ।

आफ्नो पक्षमा माहोल बनाउन प्रदर्शन आक्रामक बनाउने तयारीमा ओली

नेकपाभित्रको विवाद चर्किँदै जाँदा ओली पक्षले भने प्रदर्शनको कार्यक्रमलाई तिव्रता दिन थालेको छ । स्थायी कमिटी बैठकले विपक्षमा निर्णय ल्याउने आकंलन भएसँगै ओली पक्षले प्रदर्शनलाई तिव्रता दिन थालेको हो । बुधबार मात्रै पनि उपत्यकाका झण्डै आधा दर्जन क्षेत्रमा ओली समर्थकले प्रदर्शन गरेका थिए ।

शुक्रबार हुने भनिएको स्थायी समिति बैठकलाई प्रभाव पार्ने गरि ओली पक्षले देशैभरि प्रर्दशन गर्ने तयारी गरेको जानकारी आएको छ । नेकपा स्रोतले जनाएअनुसार प्रदर्शन सदरमुकामुखी बनाउन ओली पक्षले जिल्ला जिल्लामा निर्देशसमेत गरेको छ ।

शुक्रबार हुने भनिएको स्थायी समिति बैठकलाई प्रभाव पार्ने गरि ओली पक्षले देशैभरि प्रर्दशन गर्ने तयारी गरेको जानकारी आएको छ । नेकपा स्रोतले जनाएअनुसार प्रदर्शन सदरमुकामुखी बनाउन ओली पक्षले जिल्ला जिल्लामा निर्देशसमेत गरेको छ । जनाइएअनुसार स्थायी समितिलाई रोक्न वा प्रभावित गर्न शुक्रबारको प्रदर्शन प्रयोग हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला