२६ असार काठमाडौं । भर्खरै प्राथमिक कित्ता सेयर निस्कासन तथा बाँडफाँड गरेको एनआईसिएसिया लघुबित्तको बिहिबारबाट कारोबार सूरु भएको छ । कारोबार सुरु भएकै दिन उक्त कम्पनीको सेयर मूल्य ५ अर्ब ३८ करोड ७२ लाख रुपैंयाले पूँजीकरण भएको छ ।
बिहिबार बजार बन्द हुँदा सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ३६४ रहेको थियो । उसले गत असार १० गतेदेखि ४६ लाख कित्ता प्राथमिक सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । उसको १ सय रुपैंयाँ बराबरको कूल १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत छ ।
एनआइसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, कति होला प्रति कित्ताको मूल्य ?
वि.सं.२०७७ असार २६ शुक्रवार १७:०० मा प्रकाशित


























