
काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट नेतामा छलछाम भन्ने कुरा नहुने बताएका छन् । उनले स्पष्ट र खुला भएको व्यक्ति नै कम्युनिष्ट हुने तर्क गरेका छन् । श्रेष्ठले कम्युनिष्ट आचरणको व्यक्तिमा विवेक प्रयोग गर्ने शैली हुने पनि बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत कम्युनिष्ट पार्टी र आन्दोलनमा देखिएका गलत प्रवृत्तिहरु बारे बोल्दै श्रेष्ठले कम्युनिष्टमा कस्तो आचरण हुनुपर्छ भन्ने उल्लेख गरेका छन् । उनले कम्युनिष्ट आन्दोलनको नेता तथा कार्यकर्ता बन्न ६ प्रकारको आचरण हुनुपर्ने पनि बताएका छन् ।
कम्युनिष्ट हुन;आलोचनात्मक र क्रान्तिकारी होउ।तथ्यबाट सत्य पत्ता लगाउ।सत्य,न्याय , देश,श्रमजीवी बर्ग र जनताको पक्षमा उभिउ। ब्यक्तिवाद होइन,पद्दति र सामुहिकता को पक्ष लिउ।स्पष्ट र खुला होउ,छलछाम होइन।आफ्नै टाउको हल्लाउ र विवेक प्रयोग गर।अन्धता र स्वार्थ केन्दृत दासत्व घातक बिष हो।
— NKShresthaPrakash (@nksthaprakash) July 10, 2020
कम्युनिष्ट हुन कस्तो हुने ?
१. आलोचनात्मक र क्रान्तिकारी होउ।
२. तथ्यबाट सत्य पत्ता लगाउ।
३. सत्य, न्याय, देश, श्रमजीवी बर्ग र जनताको पक्षमा उभिउ।
४. व्यक्तिवाद होइन,पद्दति र सामुहिकता को पक्ष लिउ।
५. स्पष्ट र खुला होउ, छलछाम होइन आफ्नै टाउको हल्लाउ र विवेक प्रयोग गर।
६. अन्धता र स्वार्थ केन्दृत दासत्व घातक बिष हो।