back
CTIZAN AD

नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ३८ पुग्यो

वि.सं.२०७७ असार २७ शनिवार

729 

shares

२७ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु भएको पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाण्डौंका २ जना र सिन्धुपाल्चोकका १ गरी ३ जना पुरुषको मृत्यु भएको हो ।

जसमा काठमाण्डौं वडा नं १० संखमुलका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट असार २६ गते मृत्यु भएको हो ।

फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारणले असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचार गराइरहेका उनको असार १७ गते गरिएको कोरोनाको नमुना परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी सिन्धुपाल्चोक पाँचपोखरी वडा नं ६ का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट असार २५ गते मृत्यु भएको छ ।

असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा गरिएको कोरोना परीक्षणमा असार २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

त्यस्तै काठमाण्डौंको गोकर्णेशवर नगरपालिका वडा नं ४ घर भएका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । उनको उपचारका क्रममा असार २५ गते मृत्यु भएको हो । उनी मिगौला रोगको विरामी रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि काठमाण्डौं मेडिकल कलेजमा भर्ना गरेर उपचार गरिएका उनमा श्वास प्रस्वासमा समस्या देखिएको थियो । असार २१ गते गरिएको श्वाव परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो ।

आज पुष्टि भएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

नेपालमा आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३५ पुग्यो

वि.सं.२०७७ असार २७ शनिवार १७:२३ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...