२७ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि देशका विभिन्न अस्पतालमा उपचाररत ४३१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
आज निको भएका ४३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८,४४२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ५०.५ प्रतिशत हो ।
आज पनि १२० जना कोरोना संक्रमणबाट निको भए, निको हुनेको संख्या ८०११ पुग्यो
वि.सं.२०७७ असार २७ शनिवार १७:०६ मा प्रकाशित






























