back
CTIZAN AD

नेपालमा कोरोना संक्रमण हुनेको संख्या घट्दै, आज ७० जनामात्रै संक्रमित भेटिए

वि.सं.२०७७ असार २७ शनिवार

759 

shares

२७ असार, काठमाण्डौं । नेपालमा आज ७० जनामात्रै कोरोना संक्रमित भेटिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ७० जना मात्र संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दिनप्रतिदिन घटिरहेको देखिन्छ ।

आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २, सिराहाका १, सुनसरीका ४, उदयपुरका ४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धादिङका २, काठमाण्डौंका ३, नुवाकोटका १, सर्लाहीका ३ र सिन्धुपाल्चोकका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा सिन्धुली र रौतहटका १/१ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङ, पर्वत र स्याङजाका १\१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ३, तनहुँका ४, स्याङजाका ३, म्याग्दीका २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका १, भरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका २, बर्दियाका २ र दाङका २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका १, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३, सल्यानका १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका १ जना र कन्चनपुरका ४ जना गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्धारा जारी नियमि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।  आज थपिएका ७० जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १६,७१९ रहेको छ ।

आज उपत्यकाका ४२ सहित ११८ जनामा कोेरोना संक्रमण, संक्रमितको संख्या १६,६४९ पुग्यो

वि.सं.२०७७ असार २७ शनिवार १६:३८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...