
२७ असार, काठमाडौँं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो ।
हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याएको छ ।
आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव सात डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण १० गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ | देशको पहाडि तथा तराई भेगका एक- दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ | देशको पहाडि तथा तराई भेगका एक -दुई स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।
श्रावण ११ गते (शनीबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ |
श्रावण ११ गते (आईतबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका पहाड तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र र पहाडि भु-भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।