२७ असार, काठमाडौं । नेपालमा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको हो ।
काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । उनको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । ८ हजार ११ जना निको भइसकेका छन् ।
वि.सं.२०७७ असार २७ शनिवार १२:४५ मा प्रकाशित






























