back
CTIZAN AD

बेलीब्रिज जडानपछि गाईघाट–दिक्तेल यातायात सञ्चालन

वि.सं.२०७३ पुस १४ बिहीवार

1.1K 

shares

१४ पुस,गाईघाट (उदयपुर) । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको आँपटारको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चे गाविस बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न भएपछि उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेलसम्म सिधा यातायात सञ्चालन सुरु भएको छ ।

बर्खायाम लागेर सुनकोसी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा फुकालिएको बेलीब्रिज मङ्सिर १३ गतेबाट पुनः जडान सुरु गरी सोमबार जडान कार्य पूर्ण रुपमा सम्पन्न भइसकेको गाईघाट दिक्तेल सडक कार्यालयका प्राविधिक प्रमुख राजेन्द्र जोशीले बताएका छन् ।

मङ्गलबारदेखि गाईघाटबाट दिक्तेल र दिक्तेलबाट गाईघाट केही यातायातका साधन सञ्चालन हुन थालेको छ । गत जेठमा बेलीब्रिज फुकालिएपछि गाईघाट दिक्तेलसम्म सिधा यातायात सञ्चालन हुन सकेको थिएन ।

यता बेलीब्रिज जडानसँगै अब नियमित रुपमा गाईघाट दिक्तेल सडकमा ठूला सवारीका साधन बससमेत औपचारिक रुपमा सञ्चालन गर्न लागिएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा औपचारिक उद््घाटन गर्नुभएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा अझैसम्म पनि स्थायी पुल निर्माण हुन सकेको छैन । स्थायी पुल हुन नसक्दा हिउँदमा बेलीब्रिज जडान गर्ने र बर्खायाममा निकाल्ने कार्य हुँदै आएको छ ।

वि.सं.२०७३ पुस १४ बिहीवार ०२:३७ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...