back

अधिवेशन भव्य र सभ्य बनाउन कुनै कसुर बॉकि राख्ने छैनौ

वि.सं.२०७३ पुस १४ बिहीवार

801 

shares
GLOBAL IME AD
NTC AD

hemanta-pun

अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कोरियाले कोरियनहरुको महानचाड सलनालमा मजदुरहरुका लागि हुने लामो बिदाको अवसरमा महाधिवेशन गर्न गैरहेको छ ।

जनवरी २९ मा गर्न लागिएको पहिलो अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न संयोजक हेमन्त पुनको संयोजकत्वमा सचिवालय र केन्द्रीय परिषद्लाई मुल आयोजक कमिटी बनाएर विभिन्न विभागहरु गठन गरी जिम्मेवारीसमेत बाँडफाँड गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली समाजले गर्न लागेको उक्त महाधिवेशनको तयारीका सन्दर्भमा सचिवालय संयोजक हेमन्त पुनसँग गरिएको कुराकानी :
महाधिवेशनको तयारी कस्तो छ ?
अधिवेशनको तयारी विभिन्न उपसमितिहरु बनाएर लागिराछौ। अधिवेशन भव्य र सभ्य बनाउन कुनै कसुर बॉकि राख्ने छैनौ ।
ति प्रतिनिधिले उक्त अधिवेशनमा भाग लिने छन् ?
अधिवेशनमा करिब २०० जना प्रतिनिधि र प्रवेक्षक गरी भाग लिनेछन।
अधिवेशन कहिले र कुन ठाउँमा गर्दै हुनुहुन्छ ?
अधिवेशन जनवरी २९ तारिकमा दक्षिण कोरियाको राजधानी सउलमा हुदैछ।
अधिवेशनमा नेपालबाट पनि कसैको सहभागिता हुने कार्यक्रम छ की ?
अधिवेशनमा नेपालबाट पनि सहभागिता हुनेछ। त्यसको लागि प्रवास प्रदेश परिषदमा अथितिको लागि सहभागी भइदिन अनुरोध सहितको पत्र पठाईसकेकोले केहि दिनमा को आउनुहुन्छ भन्ने कुरा थाहा हुन्छ।
अधिवेशनमा प्रतिनिधिका रुपमा कसरी सहभागी हुन सकिन्छ ?
अधिवेशनमा नयॉ शक्ति नेपाल पार्टीको सदस्यता लिएको सदस्यले प्रतिनिधिको रुपमा सहभागी हुन पाऊनु हुन्छ।
अधिवेशनको कार्यक्रम सेडुल के के छ ?
अधिवेशन उदघाटन तथा खुल्ला र आन्तरिक हुनेछ।
पार्टी संयोजकको उपस्थितिमा भेला गर्नु भएको थियो, के निर्देशन दिनुभयो ?
हजुर, प्रवासमा पहिलो पटक नयॉ शक्ति पार्टी नेपालका संयोजक तथा पुर्वप्रधानमन्त्रि बाबुराम भट्टराईज्युको प्रमुख आथित्यमा सेप्टेम्बरमा ऐतिहासिक खुल्ला तथा अन्तरक्रिया सफल पार्यौ। पार्टी र संगठनको बारेमा प्रस्ट पार्दै अबको आबस्यकता आर्थिक विकास अनि समृद्ध नेपाल बनाउनु हो र यो महान अभिभारा समयले नयॉ शक्तिको जन्म दिएको छ । विचार सधै जन्म दैन र विचारको प्रयोग पनि सहि तरिकाले हुदैन । त्यस कुरालाई ध्यान दिएर नयॉ शक्तिले यी दुवै कुराको विचार गरेर विचार जन्मिसक्यो अब त्यसको प्रयोग पनि हामिले नै गर्नु पर्छ। सकारात्मक सोचको विकास गरौ।
योे कोरियामा स्थापना भएका अन्य नेपाली संघसंस्थासँग कसरी सहकार्य गर्नेछ ?
हो। हाम्रो राजनैतिक संगठन हो र साथ साथै सामाजिक कार्य पनि गर्दै आएका छौ । र सामाजिक संघसस्था सहकार्य गरेर आर्थिक सामाजिक र प्रदेशमा आईपरेका समस्याहरु समाधान गर्दै सबै क्षेत्रमा सहयोग गर्दै आएका छौ । अब विभिन्न संघसंस्थासंग मिलेर नेपालमा सामूहिक लगानी गर्ने बारेमा पनि छलफल भईरहेको छ।
यो संगठनले यसअघि के कस्तो काम गरेको छ रु र आगामी दिनमा यसको उद्देश्य के रहने छ ?
हामी प्रवासमा आएका छौ । हामिले विभिन्न देशमा विकासका चरणहरु र मोडेलहरु देखेका छौ । सबैको मनमा नेपालमा पनि सर्वाङ्गीण विकासको बाटोमा लिनलाई यूवाहरुलाई कसरी परिचालन गर्न सकिन्छ । विदेशमा छरिएर रहेका युवा र आर्थिकलाई नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने र स्वरोज़गार र रोजगारीका अवसरहरु सिर्जना गरेर देशलाई समृद्ध बनाउने नै मुख्य उद्देश्य हो।

वि.सं.२०७३ पुस १४ बिहीवार ०२:३७ मा प्रकाशित

सङ्घीयता लोकतन्त्रको गहना हो : शेखरकुमार सिंह

सङ्घीयता लोकतन्त्रको गहना हो : शेखरकुमार सिंह

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान...

सांसदले उठाएका मागलाई सरकारले सम्बोधन गर्नुपर्छ : तिमिल्सिना

सांसदले उठाएका मागलाई सरकारले सम्बोधन गर्नुपर्छ : तिमिल्सिना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेत्री गोमादेवी...

अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौँ : वरिष्ठ उपाध्यक्ष,नारायणकाजी श्रेष्ठ

अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौँ : वरिष्ठ उपाध्यक्ष,नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष...

अन्तर्वार्ताः चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई

अन्तर्वार्ताः चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई

काठकाडौँ । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ...

अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर

अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको छ...

राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने हो : हरिवंश आचार्य

राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने हो : हरिवंश आचार्य

कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति...