back

बेलीब्रिज जडानपछि गाईघाट–दिक्तेल यातायात सञ्चालन

वि.सं.२०७३ पुस १४ बिहीवार

711 

shares
GLOBAL IME AD
NTC AD

१४ पुस,गाईघाट (उदयपुर) । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको आँपटारको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चे गाविस बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न भएपछि उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेलसम्म सिधा यातायात सञ्चालन सुरु भएको छ ।

बर्खायाम लागेर सुनकोसी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा फुकालिएको बेलीब्रिज मङ्सिर १३ गतेबाट पुनः जडान सुरु गरी सोमबार जडान कार्य पूर्ण रुपमा सम्पन्न भइसकेको गाईघाट दिक्तेल सडक कार्यालयका प्राविधिक प्रमुख राजेन्द्र जोशीले बताएका छन् ।

मङ्गलबारदेखि गाईघाटबाट दिक्तेल र दिक्तेलबाट गाईघाट केही यातायातका साधन सञ्चालन हुन थालेको छ । गत जेठमा बेलीब्रिज फुकालिएपछि गाईघाट दिक्तेलसम्म सिधा यातायात सञ्चालन हुन सकेको थिएन ।

यता बेलीब्रिज जडानसँगै अब नियमित रुपमा गाईघाट दिक्तेल सडकमा ठूला सवारीका साधन बससमेत औपचारिक रुपमा सञ्चालन गर्न लागिएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा औपचारिक उद््घाटन गर्नुभएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा अझैसम्म पनि स्थायी पुल निर्माण हुन सकेको छैन । स्थायी पुल हुन नसक्दा हिउँदमा बेलीब्रिज जडान गर्ने र बर्खायाममा निकाल्ने कार्य हुँदै आएको छ ।

वि.सं.२०७३ पुस १४ बिहीवार ०२:३७ मा प्रकाशित

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...