back
CTIZAN AD

अव्यवस्थित चिहानले वन विनाश

वि.सं.२०७३ पुस १४ बिहीवार

1.1K 

shares

१३ पुस,पथरी (मोरङ)। पूर्वमा घना जङ्गलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढ्न थालेको छ ।

विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोउका जङ्गल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका छन् ।

झापाको सीतापुरी, केर्खा, धरमपुर, माइधार, झिलझिले, चारआली, धाइजन, मोरङको पथरीशनिश्चरे, बयरवन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरानसहितका ठाउँमा कङ्क्रिट चिहानघर तीव्ररुपमा निर्माण भएपछि जङ्गल मासिने खतरा बढेको हो ।

राई, लिम्बू, मगरलगायतका जातजातिले मात्र निर्माण गर्दै आएको कङ्किट चिहान हाल आएर अरु जातिले समेत निर्माण गर्न थालेका छन् ।

झापा र मोरङमा भने भुटानी शरणार्थीले समेत जङ्गलमै चिहान बनाउन थालेको पाइएको छ । एउटा कङ्किट चिहानले एकदेखि तीन धुरसम्म क्षेत्रफल ओगट्ने गर्दछ । सुनसरी र झापामा चिहानले कति छेत्रफल ओगटेको छ भन्नेबारेमा जिल्ला वन कार्यालयसँग तथ्याङ्क छैन् ।

मोरङमा भने राजमार्ग छेउको करिब ४० किमी लम्बाई र करिब २० हेक्टर क्षेत्रफल कङ्किट चिहानले ओगटेको जिल्ला वन कार्यालयको तथ्याङ्कमा छ । जङ्गलमा चिहान निर्माण तीव्र हुन थालेपछि यसलाई व्यवस्थित गर्न विभिन्न पक्षबाट पहल सुरु भएको छ ।

कतिपय सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्रमा पक्की चिहान बनाउन रोक लगाएका छन् । वन उपभोक्ता समूहले विभिन्न स्थानमा सूचना पार्टी राखेर सचेत गराउन थालेपछि भने पक्की चिहान निर्माण नगरी समाधिस्थलमा बिरुवा रोप्न सुरु भएको जिल्ला वन कार्यालय मोरङका प्रमुख डा विनोद देवकोटाको भनाइ छ ।

नयाँ चिहान बनाउने कार्य रोकिए पनि पुराना चिहान हटाउन भने नसकिएको उहाँ बताउनुहुन्छ । धनकुटाको भेडेटारस्थित नाम्जे गाउँका मगर जातिले पूर्खाका सयौंँ चिहान उत्खनन् गरी एकै ठाउँमा समेटेर सामूहिक आत्माघर बनाई पर्यटकीय थलोका रुपमा विकास गरेका छन् ।

यसैबीच कङ्क्रिटका कारण वन क्षेत्रमा नयाँ बिरुवा उम्रने उर्वराशक्ति ह्रास आउने भन्दै तामाङ समुदायले भने पथरी शनिश्चरेको जयचोकमा समाधिस्थल निर्माण गरी एकै ठाउँमा शव जलाउने गरेका छन् ।

वि.सं.२०७३ पुस १४ बिहीवार ०२:३९ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...