back
CTIZAN AD

हात्तीको फुटबलः फाइनलमा प्रभु बैंक र अर्घाखाँची सिमेन्ट भिड्ने

वि.सं.२०७३ पुस १४ बिहीवार

1K 

shares

रत्ननगर (चितवन) । चितवनको सौराहामा भएको हात्तीको छावाको रोमाञ्चक फुटबल प्रतियोगितामा प्रभु बैंक र अर्घाखाँची सिमेन्टबीच फाइनल भिडन्त हुने भएको छ ।

मंगलबार भएको सेमी फाइनल खेलमा आर्मी मोटर्सलाई हराउँदै अर्घाखाँची सिमेन्ट विजयी भएपछि उसले फाइनलमा प्रभुसँग भिड्ने पक्का गरेको हो ।

यसअघि मङ्गलबारको खेलमा सिजी फुड्सलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रभु बैंकले फाइनलको यात्रा तय गरेको थियो । जारी हात्ती महोत्सवअन्तर्गत आज भएको अर्घाखाँची र आर्मी मोटर्सबीचको खेल १–१ को बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । निर्धारित ३० मिनेटको खेलमा अर्घाखाँचीका सोमेश्वरगजले २४ मिनेटमा गोल गरेका थिए भने आर्मी मोटर्सको सौराहागजले खेलको अन्तिम मिनेटमा गोल गर्दै बराबरीमा रोकेको थियो ।

त्यसपछि पेनाल्टीमा गएको खेलमा आर्मीका कसरागजले मात्रै एक गोल गर्न सफल भयो । उसको बाबुप्रसाद र सौराहा गजले मिस गर्दा उसको खेला यात्रा टुङ्गिएको हो । अर्घाखाँचीका तर्फबाट सोमेश्वरगजले मिस गरे पनि सिमसारकली र माडीगजले १÷१ गोल गरेर जित दिलाएको खेलको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । यही १५ गते फाइनल भिडन्त हुनेछ ।

यता एयर डाइनाष्टिक हात्तीपोलो प्रतियोगितामा विनोद चौधरीको ह्याट्रिकसँगै कुमारी बैंकलाई ३–२ गोल अन्तरमा हराउँदै ब्ल्यू प्लानेटले दोस्रो चरणको यात्रा तय गरेको छ । चौधरीले ९, ११ र १२ मिनेटमा गोल गरे ।

निर्धारित २० मिनेटको खेलमा कुमारीका योगेन्द्र अधिकारीले ६ मिनेटमा र श्रीमङ्गल महतोले थपिएको एक मिनेटमा गोल गरे । आज भएको हात्ती दौड प्रतियोगितामा अनारकली, बम्बोजकली र एकताकली फाइनलमा गएको छ । डुङ्गा दौडतर्फ तीनवटा डुङ्गा फाइनलमा गएको छ भने गाडा दौडतर्फ छ वटा गाडा दोस्रो चरणमा प्रवेश गरेको नतिजा प्रकाशन समितिका सदस्य परमानन्द गर्गले जानकारी दिनुभयो ।

हात्ती सुन्दरी सुरु

आजदेखि हात्ती महोत्सवअन्तर्गतको आकर्षक हात्ती सुन्दरी प्रतियोगिता सुरु भएको छ । आज भएको प्रतियोगितामा पाँचमध्ये तीन हात्ती फाइनलमा प्रवेश गरेका छन् । सुन्दरीमा सहभागी एलीसाकली र बिजुलीकली भने पहिलो चरणमै बाहिरिएका छन् । सेल्फी कली, एकताकली र पुष्पाकलीले फाइनलमा भिडन्त गर्ने सुन्दरी प्रतियोगिताका संयोजक दामोदर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार तीनमध्ये एउटा हात्तीलाई सुन्दरी घोषणा गरिनेछ भने फस्ट रनरअप र सेकेन्ड रनरअफ घोषणा गरिनेछ । महोत्सवको अन्तिम दिन फाइनल हुने जनाइएको छ । ११ गतेदेखि सुरु हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ ।

वि.सं.२०७३ पुस १४ बिहीवार ०२:४४ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...