back
CTIZAN AD

स्वास्थ्य बिमा कार्यक्रम सुरु

वि.सं.२०७३ पुस १४ बिहीवार

1.1K 

shares

१४ पुस,म्याग्दी । नागरिकको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन गर्ने पद्धतिअन्तर्गतको म्याग्दीमा पनि सुरु भएको छ ।

आगामी फागुन १ गतेदेखि स्वास्थ्य बिमाको सेवा सुरु गर्नका लागि बुधबारदेखि जिल्लामा स्वास्थ्य बिमाको दर्ता प्रक्रिया शुभारम्भ गरिएको छ । बिमा कार्यक्रममा सहभागी हुनका लागि पाँच जनासम्मको परिवारले प्रतिवर्ष रु दुई हजार ५०० तिरेमा उक्त परिवारका सदस्यले ५० हजारसम्मको औषधि उपचार पाउन सक्ने सामाजिक स्वास्थ् बिमा सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले बताउनुभयो ।

उहाँका अनुसार पाँचजना भन्दा बढीको परिवारले प्रतिसदस्य रु ४२५ का दरले थप प्रिमियम तिर्नुपर्नेछ भने उनीहरुले जनही रु १० हजारसम्मको निःशुल्क स्वास्थ्य सुविधा पाउनेछन् । लाभग्राहीले स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त गर्ने औषधि उपचारबाहेकको अन्य औषधि खरिद तथा स्वास्थ्य परीक्षणमा मात्रै उक्त सेवाबाट उनीहरुलाई सुविधा प्रदान गरिनेछ ।

यो कार्यक्रमका लागि जिल्लामा ४३ जना दर्ता सहयोगी छनौट गरी उनीहरुलाई आवश्यक तालिम र सामग्रीसहित घरघरमा पुगेर सेवाग्राहीको नाम दर्ता गर्न खटाइएकोे छ । म्याग्दीमा स्वास्थ्य बिमा सेवा लिने सेवाग्राहीले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त सुविधा लिन पाउने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रोशन न्यौपानेले जानकारी दिनुभयो ।

गत २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट सुरु भएको यो कार्यक्रम इलाम, बागलुङलगायतका जिल्लामा यसअघि नै लागू भइसकेको छ । स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्दा आर्थिक कठिनाइ नपरोस् भन्ने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको हो ।

स्वास्थ्य बिमा गरेपछि एकैचोटि ठूलो आर्थिक भार नपर्ने भएकाले विशेषगरी विपन्न, आर्थिक रुपमा पछाडि परेका र स्वास्थ्य उपचार गर्नका लागि समस्या भोग्दै आएका समुदायका नागरिकका लागि बढी लाभदायी हुने देखिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम जनताका लागि बढी उपयोगी हुने भएकाले यसलाई आवश्यक प्रचार–प्रसार गरी धेरै जनालाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउनुपर्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका जिल्ला प्रबन्धक श्रीकृष्ण प्रजापतिले बताउनुभयो ।

वि.सं.२०७३ पुस १४ बिहीवार ०२:३७ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...