back
CTIZAN AD

खाडीका घरेलु कामदार महिलाहरुको समस्या उठाउँदै सयन्त्रले दूतावासमा बुझायो ज्ञापनपत्र

वि.सं.२०७३ पुस १४ बिहीवार

1.1K 

shares

gayapan-patra-to-oman-govtमस्कट, ओमान घरेलु कामदारको रूपमा खाडीमा आउने महिलाहरुको समस्यालाई लिएर संयुक्त बैचारिक सयन्त्र ओमानले डिसेम्बर २८ तारीख २०१६  बुधबारका दिन नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

ओमानमा स्थापना भएका चार बैचारिक संगठनहरु नेपाली जनप्रगतिशिल मंच ओमानका अध्यक्ष पदमप्रसाद अर्याल, नेपाली जनसम्पर्क समिति ओमानका सभापति फर्सुराम पोख्रेल, प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की र ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रमा नेपाल सरकारले वैदेशिक रोजगारको क्रममा महिलाहरुलाई घरेलु कामदारको रूपमा खाडीमा आउन प्रतिबन्ध लगाएतापनि अवैधानिक बाटो प्रयोग गरी महिलाहरु ओसारपसार गर्ने काम तीब्र रूपमा चलि नै रहेको र जसका कारण खाडीमा घरेलु कामदार महिलाहरुको समस्याहरु दिनप्रती दिन बढ्दो अवस्थामा रहेको उल्लेख छ । संयुक्त बैचारिक संयन्त्र ओमानद्वारा प्रवासमा घरेलु महिला कामदारहरुको समस्याप्रति नेपाल सरकारको गम्भीरता पुर्वक ध्यानाकर्षण गराउनको लागि नेपाली राजदूतावास मार्फत यो एक बुँदे ज्ञापन-पत्र बुझाएको जनाएको छ ।

ज्ञापन पत्रमा घरेलु कामदारको रूपमा खाडीमा आएका महिलाहरुको हकमा नेपाल सरकारले जुनसुकै नीति नियमहरु लागू गरेतापनि महिलाहरुको समस्यामा कुनैपनि कमि नआएको र पछिल्लो समयमा अवैधानिक बाटो हुदै सेटिङमार्फत महिलाहरुलाई दलालहरुले भारत, श्रीलंकाका हुँदै दुबई,कतार र कुवेत पुर्याएर मोटो कमिसनमा ओमानमा समेत बेचबिखन हुँदै आएको कुरामा सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले कडा कदम चाल्न नसक्नाले नै अहिले महिलाहरुको समस्या र पीडा थप जटिल बन्दै गएको र कतिपय महिलाहरु रातदिन नभनी बिना तलब महिनौंसम्म नै काम गर्न बिवश रहेको र घर मालिकको अमानवीय यातनाले मृत्यु समेत हुने गरेको ब्यहोरा उल्लेख छ ।

घरेलु कामदार महिलाहरुलाई सरकारको नै संरक्षकत्वमा सरकारी निकाय मार्फत नै ब्यवस्था भएमा मात्र महिलाहरुको सुरक्षा र समस्याको न्यूनीकरण गर्न सकिने जनाउदै सरकारले कडा कदम चाल्दै दलालहरुबाट हुने मानव बेचबिखन र ओसारपासार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न र कुनै एजेन्ट, दलाल वा मेनपावर मार्फत नभई सरकार मार्फत मात्र महिलाहरुलाई उचित तलब र संरक्षणमा पठाउने ब्यवस्था गर्न सयन्त्रले नेपाल सरकारसमक्ष जोड्दार माग गरिएको उल्लेख छ । संयुक्त बैचारिक सयन्त्र ओमानका संयोजक शोभाकान्त लामिछाने र सयन्त्रका महिला प्रतिनिधिहरु संगीता लामा, दिपिका श्रेष्ठ, मनु सुनार जय कुमारी थापा र कुमारी तितुङद्वारा संयुक्त रूपमा नेपाली दूतावासका सहचारी श्री लालबहादुर अर्यालसमक्ष ज्ञापनपत्र बुझाईएको थियो ।

कामदार महिलाहरुको अन्य विविध समस्याहरुको बिषयमा सहभागीहरुद्वारा सोधिएको जिज्ञासाहरु जवाफ दिदै सहचारी अर्यालले प्रस्तुत सरोकारका बिषयहरु र ज्ञापनपत्रलाई सम्बन्धित निकाय र सरकार समक्ष पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । एक वर्ष अघि स्थापित सयुक्त बैचारिक सयन्त्रले घरेलु महिला कामदारहरुसित प्रत्यक्ष सरोकार राख्ने विषयमा दूतावासमार्फत सरकारसमक्ष ज्ञापनपत्र बुझाईएको यो पहिलो पटक हो ।

वि.सं.२०७३ पुस १४ बिहीवार ०१:२२ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...