back

जनयुद्धमा बेपत्ता भएका रामेश्वर मुड्भरीकी छोरी भन्छिन् ‘ सबैले बलेको आगो नै ताप्ने हुन् ,हामी त निभेका आगो हौं

वि.सं.२०७३ पुस १३ बुधवार

555 

shares
NTC AD

15349577_1737107203278792_5318820092126836121_n

रामेश्वर मुड्भरीकी छोरा उज्वल

आम गरीव, शोषित पीडित र उत्पीडनमा परेका जनताको निम्ति भन्दै तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धमा बुझेर वा नबुझेर लाखौं जनता होमिएँ । १ वर्षे बालकदेखि ८० वर्षे वृद्ध सम्ममा माओवादी युद्धको प्रभाव राम्ररी प¥यो । मुख्य त ग्रामिण भेगबाट सुरु भएको माओवादी युद्ध विस्तारै सहरसम्म फैलियो । गाउँका किसान, मजदुर, शिक्षक विद्यार्थी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरे । जनयुद्धमा माओवादीलाई भात खुवाएकै निहुँमा हजारौं जनता राज्यद्धारा कुटिए, जेल नेल भोगे त्यसको हिसाव किताव कसै गरी पनि मिलाउन सकिदैन । धेरैले आफ्नो सरकारी जागिर छोडेरै पार्टीमा होमिए । ति मध्येका एक हुन नुवाकोट जिल्ला कुमरी गाविस वडा नम्वर ४ का रामेश्वर मुड्भरी(दीपज्योती) । लक्ष्मेश्वरी माध्यामिक विद्यालयमा साना नानीहरुलाई शिक्षाको उज्यालो ज्योति छरिरहेका मुड्भरी साँच्चै जनताको सुधिन ल्याउने अभिलाशामा चक डस्टर छोडेर होमिए माओवादी युद्धमा ।
विडम्बना २०६१ साल पुष २१ गते भक्तपुरको कौशलटारबाट उनी तत्कालीन सरकारद्धारा गिरफ्तार भए । त्यसपछि उनका तीन सन्तानको लालनपालनको जिम्मा श्रीमती मेनुका मुड्भरीको थाप्लोमा प¥यो । सामान्य खेतिपाती गरेर गुजारा चलाउनु पर्ने मुड्भरी परिवारलाई रामेश्वरको गिरफ्तारले झन पीडा बढाइदियो ।
काठमाण्डौंको बालाजु स्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा पत्रकारिता विषय अध्ययन गरिरहेकी मुड्भरीकी जेठी छोरी काजल आफ्नो पीडा यसरी पोख्छिन्
बुबा बेपत्ता हुँदा साह्रै पीडा भयो
२०६१ पुष २१ गते बुबा भक्तपुरको कौशलटारबाट वेपत्ता हुनुभयो । हामी त सानै थियौं त्यत्तिबेला । ममीले दुःख सुख गरेर हामीलाई बढाउनु भयो । एसएलसी दिएँ राम्रै अंक ल्याएर पास पनि गरें । उच्च शिक्षा पढ्न गाउँ नजिकै क्याम्पस थिएन । एउटा थियो त्यो पनि २ घण्टा लाग्थ्यो पुग्नलाई । बिहान ४ बजे नै उठ्नुपथ्र्याे । एक्लै जान नसक्ने स्थिती थिएन । काठमाण्डौंमा कोठा लिएर पढ्न घरको आर्थिक अवस्था बलियो थिएन । मेरो सानीआमाको घर काठमाण्डौंको झोरमा थियो अनि मैले सानीआमाको घरमा बसेर प्लस टु सकाएँ ग्रामिण आदर्श बहुमुखी क्याम्पसबाट ।

त्यसपछि मामाघर
मैले प्लस टु सकाएपछि सानीआमालाई मात्र दुःख दिनु हुँदैन भन्ने सोंचे । अनि मामाघर गएर बसें डेढ वर्ष । मैले ब्याजलर पहिलो वर्ष भर्ना गर्दा बहिनी कन्चनले पनि एसएलसी पास गरीन् । गाउँको सरकारी स्कुलमा पढेर पनि उनले डिस्टिङ्सन ल्याइन । अब उनलाई कहाँ र के पढाउने भन्ने चिन्ता थियो । दुईपिपल गाविसका चिरञ्जीवि लामिछाने दाइको सहयोगमा काठमाण्डौंको सिनामंगल स्थित ब्रिजवाटर कलेजमा बहिनीलाई निःशुल्क पढ्ने व्यवस्था मिल्यो । बहिनी अहिले १२ मा पढ्दैछिन् ।

11236549_1454497324872726_7427516472067761898_n

रामेश्वर मुड्भरीकी कान्छी छोरी कन्चन

भाइले पनि एसएलसी पास गरेपछि कहाँ बस्ने तनाव
हामी दुई बहिनी त मामाघर बसेका थियौं । तर भाइ उज्जवल ले पनि एसएलसी पास गरेपछि कहाँ कसरी बस्ने भन्ने चिन्ता भयो । मामाघरमा पनि धेरै बोझ पानु हुँदैन भन्ने लागेर पयुँटारमा एउटा कोठा खोज्यौं । मासिक ३५ सय बुझाउने शर्तमा । अहले हामी तीनजना त्यही बसेका छौं ।

पैसा तिरेरै पढिरहेका छौं
मैले ब्याजलर तेस्रो वर्ष सम्म पढ्दा ग्राणिम क्याम्पसलाई भर्ना फि मात्र बुझाएको छु । महिना फि भने छुट गराइएको छ । शहिद प्रतिष्ठानका एकराज भण्डारीले कलेजमा भनिदिनुभएको थियो । भाइले भने पुरै पैसा तिरेर पढेको छ ।

पार्टीले वास्तै गर्दैन
बुबा पार्टीमा लागेर बेपत्ता हुनुभयो । युद्ध पनि सकियो । पार्टी सरकारमा गयो । त्यसपछि हामीलाई भेट्न कहिले आएनन् पार्टीका मान्छेहरु । हाम्रै गाउँकी दिदी विमला सुवेदी सभासद् हुनुभयो । बुबाहरुले त्यसरी त्याग नगर्नु भएको भए सायद उहाँहरु सभासद हुने मौका पाउनु हुन्थेन होला । तर उहाँहरुले कहिले पनि हामीलाई सम्झनु भएन । कहाँ के गर्दैनछन् । कसरी बसेका छन् पार्टीलाई कुनै चासो छैन । पार्टी बारम्बार सरकारमा छ । पहुँचवालाहरुले छोराछोरीलाई महंगो कलेजमा पढाएका छन् अमेरिका र चाइना पठाएका छन् । बेपत्ता र शहिदका छोराछोरीलाई कस्ने हेर्ने रहेछ र ? बुबाको आवश्यकता जनयुद्धमा थियो । उहाँ बपेत्ता हुनुभयो अव त हामी जस्ताको के आवश्यकता छ र पार्टीलाई । हामीलाई भेट्दा सहयोग गर्नुपर्छ कि भनेर देखे पनि नदेखे जस्तो गर्छन् । सबैले बलेको आगो नै ताप्ने हुन् ,हामी त निभेका आगो हौं ।  ब्याजलर सम्म पढें । केही जागिर गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर कहीं कतै चिनेको छैन । कसरी पाउने जागिर ? दुई तीन महिनादेखि सुन्धाराको एउटा सहकारीमा काम गरेर दैनिक खर्च जुटाउने कोशिष गरिरहेको छु ।

हामीलाई सहयोग  नगरोस् तर बुबाको स्थिती सार्वजनिक गरोस्
पार्टीले हामीलाई केही गर्नुपर्दैन । गर्ला भन्ने आश पनि छैन । मात्र एउटै धोको छ बुबाको स्थिती सार्वजनिक गरिदिओस् । हामी कति आसैआसमा तड्पिने ?

14666038_1770230003250901_6516570283160202414_n

रामेश्वर मुड्भरीकी जेठी छोरी  काजल

वि.सं.२०७३ पुस १३ बुधवार ११:३२ मा प्रकाशित

ADBL AD
त्यो पहिलो महिनावारी…

त्यो पहिलो महिनावारी…

काठमाडौँ । “ह्या उता जा ! जहिले खुट्टा चढाउँछे ।”...