२९ असार, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ ।
आइतबार बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या ३४ लाख १३ हजार ९ सय ९५ रहेको छ । अमेरीकामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या भने १ लाख ३७ हजार ७ सय ८२ रहेको छ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ५८ हजार ३ सय ४९ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ३ सय ८० जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार २९ सोमवार ०९:३३ मा प्रकाशित






























