२९ असार, काठमाडौँ । भारतमा आइतबार अहिलेसम्मकै सबै भन्दा धेरै कोरोना संक्रमितहरु भेटिएका छन । आइतबार मात्र भारतमा २९ हजार १ सय ८ नयाँ कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन जो अहिले सम्मकै उच्च हो । आइतबार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ५ सय रहेको छ ।
त्यसैगरि वल्डोमिटरका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ६६ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार १ सय ८७ रहेको छ ।
विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ३० लाख ३६ हजार ५ सय ८७ पुगेको छ भने ५ लाख ७१ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार २९ सोमवार ०९:२५ मा प्रकाशित






























